२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘प्रचण्ड’की नातिनीको गीतमा प्रियंकाको छमछमी

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ।

स्मिताको स्वर रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ। शब्द दिनेश थपलियाले लेखेका हुन्। उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन्। बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजीब बराइलीले गरेका छन्।

कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका थिए।  

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा म्यूजिक भिडियो छायांकन गरिएको हो। उक्त गीतको निर्माण सरोज ओलीले गरेका हुन्।

भिडियो :

 

प्रकाशित: २२ वैशाख २०७६ १३:२७ आइतबार

स्मिता_दाहाल गीत ‘मलाई_आमाले_दिएको_चौबन्दी_चोली...’ प्रियंका_कार्की