२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

प्रदेश तहमा पुस्तक प्रदर्शनीको तयारी

काठमाडौंं – पठनीय संस्कृतिको विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले चाँडै नै प्रदेश तहमा पुस्तक प्रदर्शनी गर्ने भएको छ। प्रतिष्ठानले प्रादेशिक स्तरमा पुस्तक प्रदर्शनी गरी हरेक नेपालीको घरघरमा प्रतिष्ठानको पुस्तक पु¥याउने तयारी गरेको हो।

नयाँ वर्ष २०७६ को अवसर तथा पुस्तक दिवसको अवसर पारेर प्रतिष्ठानमा आयोजित पत्रपत्रिका तथा पुस्तक प्रदर्शनीको शुभारम्भ गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञाबाट प्रकाशित सबै पुस्तकहरू विशेष रहेकाले प्रादेशित तहमा पुस्तक प्रदर्शनी गर्ने बताए। ‘हरेक पाठकलाई पठनीय संस्कारको विकास गर्न पुस्तक प्रदशनीले टेवा पुग्नेछ।

प्रदर्शनीमा दिइएको छुटका कारण पनि धेरै पुस्तक प्रेमीहरूको सहभागिता हुने विश्वासमा हामीमा छ’, कुलपति उप्रेतीले भने। प्रतिष्ठानले वि.सं. २०१५ सालदेखि कालीदासको ‘रघुवंश महाकाव्य’, सोमनाथ सिग्देलको ‘सिद्धान्त कौमुदी’, कुलचन्द्र गौतमको ‘कविता राघवालङ्कार’, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेका ‘दर्शनावली भाग ३’, डा. अमर गिरीको संयोजनमा ‘काव्य विमर्श’ र ‘नेपालका जातिय संस्कार खण्ड १, २, ३ र ४’ लगायत गरी हजारौं पुस्तक प्रकाशन गरिसकेको छ।

  गत वैशाख ८ गतेबाट भानुभक्त कक्षामा सुरु भएको प्रदर्शनीमा प्रज्ञाले २०३० साल देखि २०७५ चैत्र मसान्तसम्मका प्रकाशन भएका पुस्तकहरू बिक्रीमा राखेको छ। प्रदर्शनीमा धिमाल लोक जीवन अध्ययन, कार्वोनिक रसायन शास्त्रका पुराना पुस्तक र  नेपाली वृहत् शब्दकोश पनि राखिएको छ।

हरेक पाठकलाई पठनीय संस्कारको विकास गर्न पुस्तक प्रदशनीले टेवा पुग्नेछ। प्रदर्शनीमा दिइएको छुटका कारण पनि धेरै पुस्तक प्रेमीहरूको सहभागिता हुने विश्वासमा हामीमा छ।

प्रतिष्ठानका सदस्य–सचिव डा. जगतप्रसाद उपाध्यायले प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान र कविता, प्रज्ञा समकालीन साहित्य लगायतका धेरै विषयका पठनीय चार सय बढी पुस्तक राखिएको बताए।

उनका अनुसार प्रदर्शनीमा नेपाली वृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुट, २०६७ सालसम्मका पुस्तकहरूमा ६० प्रतिशत र २०६८ सालदेखि हालसम्मका पुस्तकहरूमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ। ‘पुराना केही पुस्तकहरू बिक्री गर्न मिल्ने भए प्रदर्शनीमा राखिनेछ। प्रज्ञा प्रतिष्ठानका हरेक पुस्तक हरेक नेपालीहरुको हातमा पु¥याउने लक्ष्य राखिएको छ’, उनले भने।

प्रदर्शनी हेर्न आएका सशस्त्र प्रहरीका प्रहरी निरिक्षक रमेश थापाले नवरसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा आरामसँग हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर किन्न पाइने हुँदा आफु प्रदर्शनीमा अवलोकन गर्न आएको बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App