९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

चलचित्र निर्माणमा निर्मल

कैलाली- यातायात व्यवसायी निर्मल मिश्र ‘लप्पन छप्पन २’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएका छन्। कैलालीको घोडाघोडी नगरपालिका १० का मिश्रले ‘लप्पन छप्पन’को सिक्वेलको रुपमा यसको भाग दुई बनाउन लागेका हुन्। आगामी जेठबाट युरोप र अस्ट्रेलियामा छायाङ्कन हुने चलचित्रमा सौगात मल्ल, दयाह्याङ राई, अर्पण थापाको मुख्य अभिनय रहनेछ। यस अघि लप्पन छप्पनमा अभिनय गरेकी नायिका वर्षा सिवाकोटी भने बाहिरिएकी छन्। उनको स्थानमा मिस नेदरल्याण्ड केरोलिन कोरिन्डा रहने छन्। फिल्ममा देव कुमार, सुरविना कार्की, सृजना सिनालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। चलचित्रमा निर्माता मिश्रले पनि अभिनय गर्नेछन्। पहिलो पटक निमार्ताका रूपमा आएका निर्मलले चलचित्रलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने बताएका छन्। 

प्रकाशित: २७ चैत्र २०७५ ०६:०३ बुधबार

यातायात_व्यवसायी निर्मल_मिश्र ‘लप्पन_छप्पन_२’