१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

भारतकाे जी म्युजिकको गीतमा नेपाली मोडल

काठमाडौं– भारतको लोकप्रिय जी टेलिभिजन नेटवर्कको जी म्युजिक टिमले नेपालमा छायांकन गरेको ‘कुछ तो हे...’ गीत रिलिज भएको छ। गीतको म्युजिक भिडियोमा नेपाली मोडलको अभिनय रहेको छ। 

ज्योतिका टाङ्ग्री र राहुल मिश्रको स्वरमा रहेको गीतमा अजय जैसवालको संगीत र राशी महेश्वरीको शब्द रहेको छ। स्वाप्निल जैसवालले निर्देशन गरेको म्युजिक भिडियोमा कृष्ण रसालको कोरियोग्राफी र पवन गौतमको सिनेमेट्रोगाफी रहेको छ। 

भिडियोमा नेपाली मोडल

जी म्युजिक कम्पनीको युट्युब च्यानलबाट  १७ जनवरीमा सार्वजनिक गीतमा नेपाली मोडल समिम खान र श्रृष्टि खड्काको अभिनय रहेको छ। खान म्यान हन्ट इन्टरनेशन्ल नेपाल २०१६ का बिजेता हुन्। उनले यसै गीतमार्फत बलिउड संगीतमा डेब्यु गरेका हुन्।

जी टिभीको तर्फबाट नेपाली निर्माता राजन जैन यसमा संलग्न छन्। गायिका ज्योतिका टाङ्ग्री आफै पनि गीतमा नाचेकी छिन। एक महिना पहिले पनि आफ्नो कन्सर्टमा नेपाल आएकी टाङ्ग्री नेपालको प्राकृतिक सुन्दरताले लोभ्याएको बताउछिन। ‘हिन्दी संगीतलाई माया गर्ने नेपाली धेरै छन’, टाङ्डी थप्छिन्, ‘हामी नेपालीलाई यहि गुन तिर्न पनि चाहन्छौं।’ 

नेपाली प्राबिधिक, कालाकार र समग्रमा नेपाली कला उद्योगलाई जी टिभी नेटवर्कसँग जोडेर अझ अगाडि बढाउन नेपालमा आएको निर्देशक स्वाप्निल जैसवालले बताए। प्रतिभाशाली नेपाली कलाकारसँग काम गर्न आफूहरु आतुर रहेको उनको भनाई छ। 

 

प्रकाशित: ८ माघ २०७५ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App