२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

उर्मिलाको ‘दिलको गजुर’ सार्वजनिक

काठमाडौं – गीतकार उर्मिला कोइरालाको गीतिसंग्रह ‘दिलको गजुर’ सार्वजनिक भएको छ। बनेपा नगरपालिकाको सभाहलमा शनिबार प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्याय, साहित्यकार मोहन दुवाल, गजलकार पुष्प अधिकारी, समीक्षक महेश पौड्याल, साहित्यकार सूर्यप्रसाद लाकोजु, संगीतकार सुरेश अधिकारी तथा जुनकिरी साहित्यिक अभियानका अध्यक्ष माधव काभ्रेलीले गीतिसंग्रह सार्वजनिक गरे।

संग्रहमा विभिन्न विधाका १ सय १ गीत समावेश छन्। गीतकार उर्मिलाले गीतिसंग्रहमा आशावादी, निराशावादी र राष्ट्रिय गीतहरू रहेको बताइन्। जुनकिरी साहित्यिक अभियान काभ्रेले प्रकाशन गरेको १ सय २२ पृष्ठको गीतिसंग्रह उर्मिलाको पहिलो एकल गीतिसंग्रह हो। यसअघि उनले संयुक्त रूपमा दुईवटा गजलसंग्रह पाठकमाझ ल्याएकी थिइन्।
संग्रहको समीक्षा गर्दै समीक्षक पौड्यालले गीतिसंग्रह निस्कनु अत्यन्तै दुर्लभ भएको बताउँदै गीतका संग्रह निस्कनु आफैमा खुसीको कुरा भएको बताए।

प्रकाशित: २४ पुस २०७५ ०३:४४ मंगलबार

उर्मिला_कोइराला गीतिसंग्रह दिलको_गजुर