१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

क्यालेन्डर युएसएमा नेपाली सुन्दरी

काठमाडौं – अमेरिकामा रहेर नेपाली कार्यक्रमहरू गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नेपाली सुन्दरीको ग्ल्यामर तस्बिर राखेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। अंग्रेजी नयाँवर्षलाई लक्षित गरी सार्वजनिक गरिएको ‘क्यालेन्डर युएसए–२०१९’ बाह्र नेपाली सुन्दरीका तस्बिर छन्।

क्यालेन्डरमा नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा बसेर पनि मोडलिङ गरिरहेका तस्बिर राखिएको छ। क्यालेन्डरमा फोटोग्राफरद्वय महेश प्रधान र विक्रान्तमान श्रेष्ठले खिचेका तस्बिर राखिएका छन्। महेश नेपालमै छन् भने विक्रान्त अमेरिका बस्छन्।

ग्रुपका सदस्य रोशन पुरीले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको बताए। ‘नेपाली सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि क्यालेन्डर प्रकाशन गरेका हौं’, उनले भने ‘हामीले क्यालेन्डर प्रयोग गर्नेपर्छ किन आफैले तयार गरेर प्रयोग नगर्ने भनेर यो क्यालेन्डर निकालेका हौं।’

क्यालेन्डरमा सन् २०११ की ‘मिस नेपाल युएस’ सुजिता बस्नेत, ‘मिस वल्र्ड अमेरिका’को टप १० मा परेकी उकुषा गिरी, मोडलहरू रोजी खुराना, सुनिक्षा मैनाली, स्वस्तिका प्रधान, न्यान्सी थापा, सिमरन चुडाल, ‘मिस ग्लोबल क्विन २०१५’ जस्मिन गुरुङ, दिपमाला ढकाल, श्रीया लोहनी, निकी आचार्य, सम्पदा बानिया र नायिका सारा सिरपाली समेटिएका छन्।

प्रकाशित: २३ मंसिर २०७५ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App