७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

मिस वर्ल्ड प्रतिस्पर्धी श्रृंखलाले भनिन्, ‘हाम्रो देशको ठूलो समस्या बेरोजगारी’

काठमाडौं– मिस नेपाल श्रृंखला खतिवडाले देशको प्रमुख समस्या बेरोजगारी भएको बताएकी छिन्। चीनमा जारी मिस वल्र्ड प्रतियोगिताकी प्रतिस्पर्धी रहेकी खतिवडाले ‘हेड टु हेड च्यालेञ्ज’मा छनोटका लागि सोधिएको प्रश्नमा नेपालको ठूलो समस्या बेरोजगारी भएको र पर्यटनका माध्यमबाट यसको अन्त्य गर्न सकिने बताएकी हुन्। 

‘हेड टु हेड च्यालेञ्ज’को छनोटका लागि श्रृंखलासहित अन्य प्रतिस्पर्धीलाई ‘तपाईको देशमा अहिलेको समस्या के हो र कसरी समाधान गर्नुहुन्छ?’ भनेर प्रश्न सोधिएको थियो। 

जवाफमा श्रृंखलाले भनिन्, ‘हाम्रो देशको सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीका लागि विदेश जान्छन्। मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन हाम्रो देशको शक्ति हो। मलाई विश्वसामु नेपाललाई विविध संस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ। नेपालीहरु पर्व मनाउन मन पराउँछन, रमाउन मन पराउँछन्। मलाई विश्वभरका मानिसलाई नेपालमा गर्वसहितको मुस्कानले स्वागत गर्न मन छ।’ 

प्रकाशित: ९ मंसिर २०७५ १२:०३ आइतबार

श्रृंखला_खतिवडा मिस_वर्ल्ड बेरोजगारी