२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

परदेशीको पीडा बोल्ने दशैं गीत

काठमाडौं– गायक विशाल निरौलाले दशैंको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक गरेका छन्। ‘ज्यान यो परदेशी भयो, मन यो गाउँवेसी’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

गायक निरौलाकै शब्द र संगीत रहेको गीतको भिडियोमा काम विशेष परदेशिन बाध्य भएका सेनाको पीडा झल्किन्छ। चाडपर्वका बेला परदेशमा रहँदा आउने गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरेको भिडियोका निर्देशक प्रशान्त पौडेलले बताए। 

गीतको भिडियोमा अभिनेत्री रश्मी भट्ट, गायक निरौलासँगै विमल अधिकारी, ओवी रायमाझी, मधु आचार्य, जुना गुरुङ, विजय अर्याल, वेवो आचार्य लगायतका कलाकारले अभिनय गरेका छन्।

गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन्। ‘परदेशमा रहने नेपालीले दशैं तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ,’ गायक निरौला भन्छन्, ‘आशा छ गीतले दर्शकको मन छुनेछ।’

भिडियो हेर्नुस् :

 

प्रकाशित: २२ आश्विन २०७५ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App