२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

लाक्पाको ‘दुई नयन’

काठमाडौं – गीतकार लाक्पा डेण्डी शेर्पाको एल्बम ‘दुई नयन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका शेर्पाको एल्बम राजधानीमा आइतबार साँझ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले सार्वजनिक गरे।

गीतकार डा. बरालले गीतकार शेर्पाका गीतहरु मन छुने किसिमका रहेको बताए । संगीतकार बल्लभले विदेशमा रहेर पनि नेपाली गीति लेखनमा शेर्पाले देखाएको गीति मोहलाई साकरात्मक रुपमा लिने पर्ने बताए।

गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको खुलाए । उनले आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो सांगीतिक कोशेलीलाई ‘दुई नयन’ नामांकन गरेको जनाए।

एल्बममा ‘बुद्धले परिनिर्माण’, ‘स्वच्छ आकाश’, ‘उठौं वीरका सन्तति’, ‘म त अस्मिता लुटिएकी’ र ‘माथि है साल्पा लेकैमा’ बोलका गीत छन् । गीतमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर छ । गीतमा ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीको संगीत छ।

 

प्रकाशित: १२ भाद्र २०७५ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App