१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘मोडल हन्ट नेपाल’मा ५० प्रतियोगी

काठमाडौं– महिला र पुरुषबीचको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन्।

राजधानीमा शनिवार सम्पन्न अडिसनमा २५ पुरुष र २५ महिला गरी ५० प्रतियोगी छनौंट भएका हुन् । अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री तथा मोडल सिर्जना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतवर्षको उपाधि विजेता विक्रम आदित्य महासेठ, ‘फष्ट रनरअप’ सिम्रन खड्कालगायतले प्रतियोगी छनौंट गरेको हो ।आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने बताइन्।

अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज प्रस्तुती पब्लिक स्पिकिङलगायत विषयमा कोरियोग्राफर रोजिन शाक्यको, पुर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, फोटोग्राफर राजभाई सुवाल, मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केशरी शाह लगायतले प्रशिक्षण दिनेछन्।

विगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको काठमाडौ पछि पोखरा, नारायणघाट, बुटवल, धरान, चितवन हुँदै पुनः काठमाडौमा अडिसन हुनेछ । प्रतियोगिताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि छानिने संस्थाका अध्यक्ष रवि धमलाले बताए ।प्रतियोगिताको फिनाले भदौको अन्तिम साता हुनेछ । प्रतियोगिताको शिर्ष विजेताले नगद १ लाख र उत्कृष्ट तीन भित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागीको साथै आइसी कलेज अफ आर्ट एण्ड फेसनको गुलविल एम्बसडर बन्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगीताको पुरुष विजेताले चिनमा आयोजना हुने ‘मिष्टर ओसिएन’ र महिला विजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने विभिन्न फेसन शोमा समेत सहभागीको अवसरका साथै बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
 

प्रकाशित: २१ श्रावण २०७५ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App