१४ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

ज्योती मगरको तीज गीत ‘विकृति’ (भिडियो)

काठमाडौं– गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन्। उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायिका भूमिका आफैले सञ्चालन गरेको युट्युब च्यानलमा गीत राखेकी छिन्। गीतमा भूमिका र ज्योतीको स्वर छ। भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन्। संगीत खेम सेञ्चुरीको हो।

म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैंले अभिनय गरेका छन्। उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन्। मोडलहरूलाई जना लुङ्गेलीले मेकअप गराएकी हुन्।

म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योती सारीमा देखिएकी छिन्। 

 

प्रकाशित: १ श्रावण २०७५ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App