काठमाडौं – काठमाडौंलाई कर्मभूमि बनाएर संघर्ष गरिरहेका भिन्न भिन्न पात्रको कथा प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को फस्टलुक सार्वजनिक भएको छ। टेलिभिजनमा सिरियल निर्माणसँगै मनोरञ्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी भिजे संगीता श्रेष्ठको डेब्यु निर्देशन रहेको फिल्मको फस्टलुकमा पात्रको चरित्रलाई फिचर गरिएको छ। फिल्मको फस्टलुक ज्योतिमान डंगोलले तयार पारेका हुन्।
आगामी असोज १२ रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलगायतको अभिनय छ। निर्देशक संगीताले आफूले फिल्ममा फरक कथा भन्ने प्रयास गरेको बताएकी छिन्। ‘म अलि फरक कथा भन्न चाहन्थें । जसले गर्दा यो विषयमा काम गरे। फिल्ममा मैले काठमाडौंमा रहिरहेका केही पात्रको कथालाई चित्रण गर्ने प्रयास गरेकी छु’उनले भनिन्, ‘फिल्मको पोस्टरमा पनि हामीले पात्रको लुक्स र लस्ट, लभ एन्ड लाइफ भनेका छौं।’
आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राईको लगानी छ। फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिँदैछिन। लुजा सिंहले खिचेको फिल्ममा मित्र गुरुङको सम्पादन र संगीताकै पटकथा छ।
प्रकाशित: २४ असार २०७५ ०५:२१ आइतबार