मुम्बई– बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’माथि भारतीय सेन्सर बोर्डले कैंची लगाएको छ।
जुन २९ (शुक्रबार)बाट प्रदर्शन आउन लागेको फिल्मका केही सीन सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले हटाउन लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्मको ट्रेलरमा देखाइएको सञ्जय दत्त जेलमा हुँदा रातीको समयमा ट्वाइलेट ओभरफ्लो भई ढोका ढक्ढक्याएर बाहिर निस्कन खोज्छन तर उनलाई कसैले सहयोग नगरेको सीनलाई सेन्सर गरिएको हो। यो सीन हटाउन फिल्मका निर्माता समेत सहमत भएका छन्।
राजकुमार हिरानीले निर्देशन गरेको सञ्जु शुक्रबारबाट संसारभर प्रदर्शन हुँदैछ। विश्लेषकहरुका अनुसार यो फिल्म २०१८ कै सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म हुने अनुमान गरिएको छ।
प्रकाशित: १४ असार २०७५ १४:४६ बिहीबार