१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

दिया र कृशल एसइई मोडल हन्ट

काठमाडौं– पहिलो संस्करणको ‘एसइई मोडल हन्ट २०१८’को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ वर्षिया दिया र बनेपा सागाका १६ वर्षिय कृशलले उपाधि पोल्टामा पारेका हुन्।

प्रतियोगितामा निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ ‘फस्ट रनर अप’ र समृद्धि गिरी र आयुष लामा ‘सेकेन्ड रनर अप’ भए । विधागततर्फ दिया र कृशल ‘वेष्ट वाक’, स्वेच्छा खड्गी ‘वेष्ट फिगर’, रोजी श्रेष्ठ र अनिल कँडेल ‘वेष्ट स्माईल’, प्रिज्मा हर्जन र लक्की रे ‘मष्ट कन्फिडेन्ट’, समृद्धि गिरी र निशान चेम्जोङ लिम्बु ‘मष्ट फोटोजेनिक’ र स्मृति पुन ‘मिस बब्ली’ बने।

त्यस्तै प्रशंसा सुवेदी ‘मिस ट्यालेन्ट’, रिसिका महर्जन ‘मस्ट ग्ल्यामरस’, रोमिना मानन्धर ‘मिस क्यारिसम्याटीक’, मानसी बम  ‘मिस इन्टेलिजेन्ट’, मोनिका गुरुङ ‘वेष्ट हेयर’, एनी पुजारी ‘मिस फेशन आईकन’, दिव्या पुरी ‘मिस कन्जिनियल’, सुशिन श्रेष्ठ ‘मिस फ्रेन्डली’, स्वीकृति गिरी ‘मिस पर्सनालिटी’, अनिसा इमा र एमएल पुन ‘मस्ट डिसिप्लेन’, सुशिन श्रेष्ठ ‘मिस्टर फ्रेन्डली’भए।

यसैगरी अनिसा इमाम र एनएल पुन ‘मस्ट डिसिप्लेन’, सुवास पण्डित ‘मिस्टर फ्रेन्डली’, कुशल शाक्य ‘मिस्टर ट्यालेन्ट’, कृशल श्रेष्ठ ‘मिस्टर पर्सनालिटी’, एनएल पुन ‘मिस्टर पिपुल’ र ‘पर्सनालिटी’, सुदर्शन खनाल र मोनिका लामा ‘वेस्ट स्पिकर’, रिया डंगोल ‘मिस पपुलर’, कृषा श्रेष्ठ ‘मिस मल्टिमिडिया’, दिया श्रेष्ठ ‘मस्ट ब्यूटिफ्ल’ र भूमिका श्रेष्ठ ‘वेष्ट ड्रेस’ बने।

प्रतियोगिताको कोरियोग्राफी म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फष्ट रनर अप सबिता कार्कीले गरे । प्रतियोगितामा नायक तथा निर्माता रमेश उप्रेती, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, सबिता कार्की र अक्षय रायमाझी निर्णायक थिए ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App