१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

पुस्तकमा सहकारी अनुभव

काठमाडौं– लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वमन्त्री केशव बडालले विभिन्न देशको सहकारी आन्दोलन, उपलब्धी र समृद्धिका कथाहरु समेटेर नया“ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारी :अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन् । पुर्व उद्योगमन्त्री बडालले पुस्तकमा अष्ट्रेलिया, क्यानडा, जापान, चीन, मलेसिया, फिलिपिन्स, भारत, क्युबा, अमेरिका, जर्मनी गरि देशको अनुभवलाई समेटेका छन्।

उच्चस्तरिय भूमि सुधार आयोगका अध्यक्षसमेत रही सकेका बडालले हाल सहकारी महासंघ नेपालका राष्ट्रिय अध्यक्षसमेत हुन् । उनले यसअघि ‘सहकारी सिद्धान्त र प्रयोग’, ‘भूमि र कृषिको अर्थ राजनीति’, ‘भियतनाम, भूमिसुधार र औद्योगिक विकास’, ‘चीनको अर्थ राजनीति र सहकारी’, ‘नेपालमा कृषि क्रान्ति भुमिसुधार र औद्योगिक विकास’, ‘समृद्ध अर्थतन्त्रका लागि सहकारी’ जस्ता खोजमूलक पुस्तकहरू निकालिसकेका छन् । पछिल्लो पुस्तक उनले विभिन्नमुलुक अध्ययन भ्रमणका क्रममा देखेका सहकारी सन्दर्भहरू समेटेका छन्।

‘पुस्तकले विश्वव्यापी सहकारी आन्दोलन अहिले कसरी, कता र कुन दिशातिर निर्देशित भइरहेको छ भन्ने ज्ञान दिन्छ’, पुस्तकबारे अर्थविद् पिताम्वर शर्मा भन्छन्, ‘विकासबारे आइरहेका नया“ सोचहरुलाई सहकारी आन्दोलनले कसरी आत्मसात गर्दै अघि बढिरहेछ भन्ने पनि पुस्तकबाट थाहा पाइन्छ ।’ काभ्रे तेमाल–१ सस्र्युंखर्कमा जन्मेका बडालले ‘मुलुकको समृद्धिका लागि सहकारी मोडल उपयुक्त हुने’ दाबी गर्दै पुस्तकमार्फत विभिन्न देशको अनुभवलाई मुलुकको समृद्धिसित जोड्न चाहेको’ बताए।
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App