२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

मुम्बई– बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मामिलामा सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन्।

जोधपुर सेशन कोर्टमा सोमबारदेखि सलमानको मुद्दामा सुनुवाई हुँदैछ। सलमानलाई यसअघि जोधपुर सेशन कोर्टले नै जमानत दिएको थियो। अदालतमा ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए।

जोधपुर कोर्टले सोमबार उनको सजायविरुद्धको अपिल सुन्नेछ। सलमानका वकिलले सजाय खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्। जोधपुरको स्थानीय अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि उनका वकिलले सजाय खारेजीको निवेदन दिएका थिए। यद्यपी अदालती प्रक्रियाका कारण सलमान ३ दिन जेलमा बस्नुपरेको थियो।

१९९८ मा फिल्म ‘हम साथ साथ है’को शुटिङ्गका क्रममा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो।

प्रकाशित: २३ वैशाख २०७५ ११:२१ आइतबार

कृष्णसार शिकार काण्ड जोधपुर पुगे सलमान भोलिदेखि सुनुवाई