५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखरकाे सफल आरोहण

अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्।

उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो।

यस उपलब्धिसँगै उनले "सेभेन समिट्स" चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्य अघि बढाएकी छन्।

अहिलेसम्म पुनले सातमध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्: माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप)। उनका आगामी लक्ष्यमा कार्स्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन्।

दिया पुनले आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र 'एक्लो' को पोस्टर र नेपालको झन्डा साथमा लगेकी थिइन्। उनको अभिनय रहेको चलचित्र 'एक्लो' अहिले चर्चामा छ। केही हप्ता अघि मात्र चलचित्र ‘एक्लो’ ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिङ गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ।

प्रकाशित: २९ जेष्ठ २०८२ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App