स्वामी आनन्द अरुण
आध्यात्मिक दृष्टिले विगत डेढ सय वर्ष महत्वपूर्ण रह्यो । यो कालखण्डमा भारत वर्षमा अनेक विशिष्ट बुद्धपुरुषहरूको जन्म भयो । सबैभन्दा पहिला पवित्रताका प्रतिमूर्ति बंगालका रामकृष्ण परमहंस भए।
त्यसपछि उहाँका प्रतापी शिष्य स्वामी विवेकानन्द भए । उनले पश्चिमी गोलाद्र्धमा हिन्दू दर्शनको मर्म बडो तार्किक रूपले प्रस्तुत गरी हिन्दू धर्मलाई पश्चिमी गोलाद्र्धमा प्रतिष्ठित गरे ।
त्यसपछि युक्तेश्वर गिरिका शिष्य स्वामी योगानन्दले अमेरिकामा योगको शक्तिशाली पद्धतिहरूलाई सरलीकरण गरी हजारौँ साधक–साधिकालाई क्रिया योगमा दीक्षित गरे । इस्कोनका संस्थापक प्रभुपादले भक्तिको लहर ल्याए, जसले दुनियाँका हरेक मुख्य सहरमा कीर्तन गराई पश्चिमी देशका मानिसलाई जनै र धोती लगाएर हरेकृष्ण हरेरामको धुनमा मस्त नचाए । र, भक्तिको नया“ सन्देश पश्चिमी जगत्लाई दिए । पुनामा मस्त मौन सन्त मेहरबाबा भए । रुसबाट युरोपको फ्रान्समा बस्न पुगेका अर्का अनुपम तौर–तरिकाले आफ्नो शिक्षण दिने ओजस्वी गुरु गुर्जियफ भए ।
त्यसपछि जे कृष्णमूर्ति आए । सुन्दर, सालीनताका प्रतीक उनले कर्मकाण्ड र साधनाभन्दा शुद्धज्ञानबाट आत्मबोध गर्ने पथ प्रदर्शित गरे । त्यसै बंगालमा प्रकाण्ड विद्वान् श्री औरविन्दोको उदय भयो, जसको सिद्धान्तमा आधारित भएर निर्माण भएका पोन्डीचरी आश्रम साधकका लागि एक अद्भूत प्रयोग साबित भएको छ । तामिलनाडुमा अर्का मौन द्रष्टा रमण महर्षि भए, जसको आज महापरिनिर्वाण दिवस पनि हो।
त्यसपछि ओशो आए, उनले आजसम्म भएका जति पनि बुद्ध पुरुष थिए, सबैको शिक्षणको सार निचोड लिएर पश्चिम विज्ञानसँग समन्वय गरी एक नया“ जीवन पद्धति दिए, जसलाई ‘जोर्बा दी बुद्ध’ नामले चिनियो । पूर्वको आध्यात्मिक चेतनाको विज्ञान र पश्चिमको पदार्थवादी विज्ञानको एक सन्तुलन विश्वमै पहिलोचोटि ओशोले प्रस्तावित गरे । अत्यन्त नौलो लाग्ने यो साहसी प्रयोगलाई भौतिक आध्यात्मवाद भन्न ठीक हुन्छ।
आज विश्वमा बिस्तारै प्रसिद्धि कमाइरहनुभएका विगत शताब्दीका मौन सन्त रमण महर्षिले सन् १९५० आजकै दिन तिरुवन्नमलाई भन्ने दक्षिण भारतको एक सानो गाउँमा महासमाधिमा लीन हुनुभयो । त्यसबेला उहाँ भारतका सर्वाधिक लोकप्रिय तथा पूजनीय पवित्र पुरुष मानिनुहुन्थ्यो । उहाँ मौन सन्त हुनुहुन्थ्यो र अधिकांश समय उहा“ मौन नै रहनुभयो । उहाँको यो मौन उपस्थिति अति गहन र रूपान्तरणकारी थियो ।
उहाँको सान्निध्यमा मौनद्वारा प्रेरित शक्ति ग्रहण गर्ने समर्थ साधकहरूको मनलाई एक गहन शान्ति मिल्थ्यो । सच्चिदानन्द स्वरूपको यही मौनशक्ति प्रवाह उहाँको उपदेशको सर्वोच्च, प्रभावी रूप थियो । खासै कुनै किताब पनि उहाँले लेख्नुभएन । यद्यपि जो उहाँको मौन प्रभावलाई आत्मसात् गर्न सक्दैनथे, उनीहरूलाई अत्यावश्यक परे छोटो मौखिक उपदेश पनि दिनुहुन्थ्यो । उहाँको सान्निध्यमा जम्मा भएका साधकको रूपान्तरणका गाथाहरू संग्रहित धेरै पुस्तक उपलब्ध छन् । पश्चिमी साधक तथा लेखकहरू विशेषतः पल ब्रन्टन, अर्थर ओसबोर्न, फ्रांक एच हम्फ्रिज, एलेन च्याडविक र कोहेनहरूले उहाँको बारेमा मर्मस्पशी पुस्तक लेखे र यसरी महर्षि रमणको पश्चिमी गोलार्द्धमा पनि प्रसिद्धि फैलियो।
एकपटक पुरानो लंगोट फाटेछ । त्यो सिलाउन न त्यहाँ कुनै सियो थियो, न धागो नै । भौतिक रूपले कसैबाट कुनै सहयोग उहाँले माग्ने उहाँको बानी थिएन । निरालम्ब स्वरूपमा निमग्न उहाँले सियो–धागो माग्ने कुरै भएन । तर लंगोटी लाउन लायकको नभएपछि उहाँले त्यहीँ कतै पाइने काँडा लिनुभयो । त्यो काँडामा अर्को काँडाले छेउमा सानो प्वाँल पारी त्यही काँडालाई सियो बनाई त्यही लंगोटको अर्को किनाराबाट धागो तानेर खुब मेहनेतका साथ त्यही लंगोटलाई सिलाउनुभयो।
रमण महर्षिको सान्निध्यमा आध्यात्मिक मार्गदर्शनका लागि आउने सबै मुमुक्षुको मौनबाट मात्रै रूपान्तरण सम्भव थिएन । त्यसैले उनीहरूका लागि आवश्यक परे दुई–चार शब्द उहा“ले बोल्नुहुन्थ्यो । तर, वास्तविक रूपान्तरण उहाँको मौन सान्निध्यमै हुन्थ्यो । त्यस सान्निध्यमा साधकका प्रश्न आफैँ तिरोहित हुन्थे र उनीहरू अद्भूत शान्ति र आनन्दमा डुब्थे ।
सादगी र सरलताको त उहा“ अवतार नै हुनुहुन्थ्यो ।
अरुणाञ्चल पर्वतको विरुपाक्ष गुफामा बस्दा होस्, या रमण आश्रमको सानो कोठामा बस्दा उहाँको कोठा २४सै घन्टा सबैका लागि खुला हुन्थ्यो । उहाँ कोठाको कुनाको एक खाटमा दिनभरि बस्नुहुन्थ्यो, राति त्यहीँ सुत्नुहुन्थ्यो । केही भक्तहरू पछि उहाँको सुविधाका लागि घर बनाइदिने प्रस्ताव लिएर आउँथे, जुन महर्षिले कहिल्यै मान्नुभएन । कसैले केही खानेकुरा ल्याएर चढायो भने त्यो आश्रमभरि सबैलाई बराबर बाँड्नुहुन्थ्यो।
मैले रमण आश्रममा दुईपटक बस्ने मौका पाएको छु र उहा“का पुस्तकको सधैँ अध्ययन गरिरहन्छु । उहाँका पुस्तकसँगको सत्संग मेरा लागि प्रेरणाका स्रोत हुन् । उहाँलाई नसम्झेको, चर्चा नगरेको या पुस्तक नपढेको सायदै कुनै दिन होला । तर मेरा गुरु ओशो र रमण महर्षिको शिक्षण बाहिरबाट एकदम भिन्न देखिन्छ । ओशोले अध्यात्मलाई गरिबीबाट मुक्त गर्ने कोसिस गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘व्यक्ति भौतिक रूपले र आध्यात्मिक दुवै रूपले सम्पन्न हुनुपर्छ । त्यही अनुरूप उहाँले आफ्ना आश्रमलाई आधुनिक, सुविधाजनक र सम्पन्न बनाउनुभयो। र, हामीलाई साधनको साथसाथै मेहनती र उत्पादक पनि बन्न सिकाउनुभयो । आश्रम आधुनिक र समृद्ध हुनुपर्छ भन्ने उहाँको धारणा रह्यो । सुविधा र सम्पन्नतालाई नकारेको आध्यात्मिक दर्शनको उहाँ विरोधी हुनुहुन्थ्यो । त्यहीअनुरूप आफैँ पनि महँगा गाडीमा चढ्नुभयो र राम्रो लुगा लगाउनुभयो र हामीलाई पनि विपन्नतामा बस्नु अनिवार्य छैन भनी बारम्बार सिकाउनुभयो।
त्यसको ठीकविपरीत श्री रमण महर्षि अति न्यूनतममा गुजारा गर्ने व्यक्ति हुनुहुन्थ्यो । लंगोटी, एउटा जलपात्र र घुम्नका लागि एउटा छडी यी वस्तु नै उहाँको कुल सम्पति थिए । योभन्दा बढी उहाँको कुनै परिग्रह कहिल्यै भएन ।एक रोचक घटना छ– उहाँ त्यसबेला विरुपाक्ष गुफामा एक्लै बस्नुहुन्थ्यो। मानिसहरू उहाँलाई भेट्न भने आइरहन्थे । गुफाबाट तल झरेर भीक्षाटन गरी गुफामा मौन बस्नुहुन्थ्यो । त्यो बेला कसैले केही दियो भने हातैमा भोजन लिनुहुन्थ्यो।
एकपटक पुरानो लंगोट फाटेछ । त्यो सिलाउन न त्यहाँ कुनै सियो थियो, न धागो नै । भौतिक रूपले कसैबाट कुनै सहयोग उहा“ले माग्ने उहाँको बानी थिएन । निरालम्ब स्वरूपमा निमग्न उहाँले सियो–धागो माग्ने कुरै भएन । तर लंगोटी लाउन लायकको नभएपछि उहा“ले त्यहीँ कतै पाइने काँडा लिनुभयो।
त्यो काँडामा अर्को काँडाले छेउमा सानो प्वाँल पारी त्यही का“डालाई सियो बनाई त्यही लंगोटको अर्को किनाराबाट धागो तानेर खुब मेहनेतका साथ त्यही लंगोटलाई सिलाउनुभयो । र त्यही लंगोट लगाउनुभयो । सादगीको परकाष्ठाको यस्तो जीवन सम्झिँदा आज पनि मेरो आँखा रसाउँछ ।अर्को घटना । विरुपाक्ष गुफामा रमण महर्षि १७ वर्ष बस्नुभयो, सन् १८९९ देखि १९१६ सम्म । बिस्तारै उहाँको आसपास भक्तजनहरू जम्मा हुन थाले र उनीहरूले महर्षिलाई आग्रह गरे कि अब उहाँले भिक्षाटन गर्ने दुःख गर्नुपर्दैन ।
उनीहरू आफैँ भिक्षाटन गरेर भोजन जुटाउनेछन् । यसरी भिक्षाटनबाट आएको अन्न एक माटोको भाँडोमा स्वादका लागि कागतीको पातहरू र नुन मिसाएर जम्मा भएका भक्तहरूको संख्याअनुसार पानी थपी भातको सुप या खोले तयार गरिन्थ्यो । भोजन सेलाएपछि सबैले हातमा भोजन लिएर हातमा या पातहरूको दुनो बनाएर खान्थे। उहाँको आसपासको माहोलमा कुनै संकीर्णता या असहजता थिएन । जे हुन्थ्यो, सहज र सुन्दर रूपले हुन्थ्यो।’
रमणकी आमा अलागम्मल पछि महर्षिस“ग बस्न सदाका लागि आइन् । घरमा धेरै सम्बन्धीहरूको मृत्य भएपछि लागेको ऋण फर्साउन जायजेथा सबै छोड्नुपर्यो । पहिला दुईचोटि आफ्नो तपस्वी छोरालाई भेटेर घर फर्केकी अलागम्मलको अब कोही रहेनन् । उनी महर्षिकै शरणमा आइन् । उनी १९१६ देखि आफ्ना अन्तिम दिनहरू १९२२ सम्म पहिला विरुपाक्ष गुफा र पछि स्कन्द आश्रममा महर्षिसँगै बसिन् ।
विरुपाक्ष गुफामा सबै भक्तका लागि भोजन बनाउने काम गर्न थालिन् । खोलेभात खाने चलन अनुसार उनीलाई दाउराको टुक्राले खोले चलाउने कुरा मन परेनछ र उनले एउटा डाडु भइदिए सजिलो हुने थियो भन्ने कुरा राखिन् । श्री रमणले यो कुरा सुन्नुभएछ र भन्नुभयो, ‘आजसम्म मलाई यहाँ केही कमी भएको छैन, कसैसँग केही माग्नुपरेको छैन ।
जे छ, त्यसैमा स्वीकार भावले नबस्ने हो भने आफ्नो व्यवस्था आफैँ गर्नू । सुविधा चाहिन्छ भने यहाँ नबस्नु । मलाई अहिलेसम्म सबै पुगिरहेको छ’ भनेर जोगीहरूको भान्सा सुधार्ने स्त्रैण स्वभाव र इच्छालाई महर्षिले कडा शब्दले विरोध गर्नुभयो । तर यो विवादको केही घन्टापछि महर्षिलाई भेट्न आएका एक नयाँ भक्तले डाडु किनेर ल्याइदिएछन् । कसैले कोहीबाट त्यो डाडु मगाएका थिएनन् । भएछ के भने, ती भक्त पर्वत चढ्न लाग्दा फेदमा हाट लागेको रहेछ । उनलाई महर्षिलाई के लगिदिउ“ जस्तो भएपछि त्यहीँ उनले डाडु देखेछन् र त्यही किन्ने भाव आएछ।
महर्षिले आमातिर हेर्दै भन्नुभयो, ‘हेर, तिमीले इच्छा गर्यौ, ईश्वरले पूरा पनि गरिदियो । अबदेखि ईश्वरलाई दुःख नदिनू । परमात्मामाले हामीलाई जे आफैँ दिइरहेको छ, त्यसैमा हामीले सन्तोष गर्नुपर्छ। हामीले केही पनि माग गर्नु हुँदैन । मागेको हुनाले परमात्माले त्यो व्यक्तिलाई निमित्त बनाई यो डाडु लिएर यहा“सम्म आउने कष्ट दियो।’
सबै बुद्ध पुरुषहरूको जीवन अनुपम र अद्वितीय हुन्छ । ओशोले सुविधा र समृद्धिका माझ पनि अनासक्त रहन सिकाउनुभयो भने रमण महर्षिले बाहिरी र भित्री दुवै क्षेत्रमा पूर्ण अपरिग्रही भएर बाँच्नुभयो र त्यही सिकाउनुभयो । सबै संबोधि प्राप्त गुरु अतुलनीय हुन्छन् । उहा“हरूलाई एउटै मापदण्डले तुलना गर्न सकिँदैन । एउटाको तौरतरिका देखेर अर्कोलाई मूल्यांकन गर्नु हु“दैन, कसैले ओशोलाई मापदण्ड बनायो भने रमण महर्षिलाई बुझ्न सक्दैन, यदि कसैले रमण महर्षिलाई मापदण्ड बनायो भने ओशोलाई बुझ्न सक्दैन ।
हरेक बुद्ध पुरुष आफैँमा अनौठा हुन्छन् र उनको अभिव्यक्तिको आफ्नै विशिष्ट शैली हुन्छ । ओशोले अभिव्यक्तिको माध्यम बनाउनुभयो– जोर्बा दी बुद्ध अर्थात् भौतिक र आध्यात्मिक समृद्धि साथसाथ । रमण महर्षिले बाहिरी समृद्धिलाई जोड दिनुभएन । ओशोले सात सय पुस्तक र ६ सय ध्यान पद्धतिहरूको सिर्जन गर्नुभयो, १० हजार रेकर्ड गरिएका प्रवचन छोड्नुभयो ।
रमण महर्षिले आफ्नो उपस्थितिलाई नै आफ्नो अभिव्यक्तिको माध्यम बनाउनुभयो । उहाँको शिक्षण मौन सत्संग थियो । उहाँ स्पष्ट गर्नुहुन्थ्यो, ‘यो मौन उपदेश सीधा र अधिक शक्तिशाली छ । यसैबाट मन शान्त हुन्छ र सहजै चित्तको निरोध हुन्छ ।’ वास्तवमै उहाँको यो मौन उपस्थितिमै मानिसहरू आन्तरिक शान्ति, कल्याण र निर्भयताको अनुभव गर्थे ।
ओशोको उपस्थितिमा पनि यस्तै गहन अनुभूति हुन्थ्यो । ओशोको प्रवचनहरू भन्दा ओशोको मौन सत्संगमा म धेरै आनन्दित रहन्थेँ । सारा सन्ताप, चिन्ता, भय र समस्याहरू तिरोहित हुन्थे । ओशोको कार्यको दायरा विशाल थियो र अभिव्यक्ति बहुआयामिक थियो, र उहाँ एक युगान्तकारी परिवर्तन गर्न आउनुभएको थियो।
प्रकाशित: १५ वैशाख २०७५ ०३:१६ शनिबार