१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

असारबाट असोजमा ‘ड्रिम गर्ल’

काठमाडौं – आगामी असार २९ लाई रिलिज मिति तोकिएको फिल्म ‘ड्रिम गर्ल’को प्रदर्शन अब असोज १९ मा हुने भएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक सार्वजनिक गर्दै दशैको आसपासमा फिल्म रिलिज गर्ने नयाँ योजना अनुरुप असोज १९ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन्।

प्रेमकथाको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा ‘गैडा’, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन्।

आरबी मुभीजको ब्यानरमा बनेको फिल्ममा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धितालको लगानी छन्। काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ।

फिल्ममा राहुल राईको छायांकन, अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ।

निर्देशक ऋषिराजले विदेशबाट फिल्मको माग भइरहेकाले देशबाहिरको प्रदर्शन पछि नेपालमा रिलिज गरिने बताए।

‘फिल्मको विदेशबाट निकै माग आइरहेको छ। त्यसैले हामीले प्रदर्शन मिति केही पर सारेका हौ,’उनले भने, ‘फिल्मलाई अष्ट्रेलिया, युरोप तथा  खाडी मुलुकमा प्रदर्शन गर्दैछौ।’ उनका अनुसार फिल्मको जुन महिनाको दोश्रो साता कतार र तेश्रो साता पोर्चुगर्लमा विशेष सो हुने पक्का भइरहेको छ। त्यसपछि अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा पनि प्रदर्शन हुनेछ।

प्रकाशित: १४ वैशाख २०७५ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App