२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/संस्कृति

खगेन्द्र र वर्षाको ‘हर्ष’ ३५ औं दिनमा प्याकअप

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमा ‘हर्ष’को छायांकन प्याकअप भएको छ।

डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पूर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन्। ४० दिनको सेड्युलमा छायांकनमा निस्केका थियौं। निर्माण टिमको उत्साहपूर्ण कामले सेड्युलभन्दा ५ दिन अगावै छायांकन सकिएको उनले बताइन्।

निर्देशक पौडेल सिनेमाको सम्पूर्ण छायांकन चितवनमा नै गरिएको उनले जानकारी दिइन्। सिनेमामा ५ गीत समावेश गरिएको र ती सबै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफू र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन्।

 हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन। सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकेपछि मात्र प्रदर्शन मिति घोषणा गर्ने तयारी छ।

सिनेमामा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ।

डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्। आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यसकाे साथै उनले छोटा केही सिनेमा बनाएकी छन्।

पारिवारिक सामाजिक कथा पस्किने सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। सिनेमालाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ। लोकेश बज्राचार्यले सम्पादन गर्ने सिनेमामा सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ।

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्।

प्रकाशित: २४ चैत्र २०८१ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App