१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

ओशो सन्न्यासी बनिन् अभिनेत्री शिल्पा

नेपाली अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् ।

शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी हुन्। शिल्पाले  नवसन्यास दीक्षा ग्रहण गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा छाएको छ।

अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले शिल्पाको संन्यास दीक्षाको भिडियो सामाजिक सञ्जालमा हालेकी छिन्।

सोभिताले लेखेकी छन्, ‘शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसन्यास दिक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु ।’

त्यस्तै अबको अध्यत्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी भविष्य तर्फ डोर्याओस् भनेर कामना समेत गरेकी छन् ।

चलचित्र ‘लज्जा’बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो चलचित्र ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो ।

शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी थिइन्।  

प्रकाशित: ७ फाल्गुन २०८१ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App