२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कथाकार श्री पोख्रेलको ‘श्रीधर’ लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले श्री पोख्रेलको लघुकथासंग्रह श्रीधर लोकार्पण गरेको छ।

कार्यक्रममा नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन र समृद्धिमा समर्पित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अमेरिका, पेन्सिलभेनियाको ह्यारिस्वर्गमा भएको उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नवीन शर्मा भट्टराइले गरेका थिए भने कार्यक्रम संयोजन भरत के० श्रेष्ठले गरेका थिए।

कार्यक्रममा सभाध्यक्ष दिपकजङ्ग विश्वकर्मा र प्रमुख अतिथि सीता पाण्डे लगायत कृतिकार र चूडामणि भट्टराई, अर्चना शर्मा, प्रेम, तिलक, केशव, हस्त, भक्त, अभिषेक, विनय, विष्णुले लघुकथागान बजाएर कृतिको सामूहिक लाेकार्पण गरेका थिए।

दिव्या घिमिरे र आयुशा चापागाईले स्वागत नृत्य प्रस्तुत गरेका थिए। लाेकार्पित कृतिमाथि भक्त घिमिरे र विष्णु लुइँटेलले संरचनाको दृष्टिकोणबाट समीक्षा गरेका थिए।

कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव वैरागी माइलो, विश्व भुटानी साहित्य सङ्गठनका उपाध्यक्ष आभाष रिखाम मगर, हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष प्रेम खनाल, भुटानी समाज ह्यारिस्वर्गका अध्यक्ष तिलक निरौला, पेन्सलभेनिया नेपाली समाज अध्यक्ष अर्चना शर्माले  शुभकामना मन्तव्य राखेका थिए।

नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राडा भीम खतिवडा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले पठाएको भिडिओ रेकर्डिङ शुभकामना सन्देश सुनाइएको थियो।

लाेकार्पित कृतिबाट वसुधा रिजाल, भरत तिमल्सिना, पातलो अन्तरे, विष्णु निरौला, तारा पराजुलीले लघुकथा वाचन गरेका थिए। कृतिकारले लेखक अतिथिको रूपमा धन्यवाद मन्तव्य राखेका थिए।

प्रकाशित: २२ आश्विन २०८१ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App