१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

यस वर्षको राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ।

राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि एक लाख र प्रशंसापत्र रहेको छ।

राष्ट्रकविको जन्मजयन्तीका अवसरमा आगामी असोज ७ गते राष्ट्रपति निवास शीतलनिवासमा आयोजना गरिने विशेष समिारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।

यसअघि सो पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो। राष्ट्रकविको परिवारबाट मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिए।

वरिष्ठ गीतकार प्राडा. कृष्णहरि बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यसवर्ष गीति क्षेत्रमा वरिष्ठ गीतकार खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

विसं २०१४ देखि नै गीत लेखन र गायन क्षेत्रमा क्रियाशील ८८ वर्षीय खरेल हाल ‘डिस्टेनिया’ रोगबाट पीडित हुन्।

प्रकाशित: २७ भाद्र २०८१ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App