७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला

दिक्छेन र मर्जेनलाई ‘फेस अफ तामाङ किड्स’ काे उपाधि

तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण-२०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन्। युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा १० प्रतिस्पर्धीलाई उछिन्दै उनीहरूले क्रमश: बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’ को शीर्ष उपाधि जितेका हुन्।

प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए।

प्रतियोगिताका सहभागीले झन्डै १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी गुरुङबाट प्रशिक्षण लिएका थिए। प्रतियोगिताको फिनालेमा अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक थिए।

फिनालेमा पूर्व मन्त्री परशुराम तामाङ प्रमुख अतिथि र मिलन मोक्तान तथा पञ्चालाल घिसिङ विशेष अतिथि थिए। कार्यक्रममा तामाङ समुदायसँगै राष्ट्रिय आयामका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

युथ क्रिएसनका प्रमुख रवि लामा तामाङले बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभा समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको बताए।

बालबालिकाले प्रशिक्षणका क्रममा बौद्धमार्गीको पवित्र धार्मिकस्थल स्वयम्भूमा निः शुल्क पानी वितरण गरेका थिए भने स्वयम्भूको अवलोकन गरी तामाङ कूताब धिममा तामाङ परिकार खानपिन र गायक तथा तामाङ डाजाङका अध्यक्ष फुलकुमार ब‍ोम्जनबाट तामाङ भाषालिपि रिमठिमबारे जानकारी लिएका थिए।

सहभागीहरूलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव तथा ओख्रेनी मावि गोकर्णेश्वर नगरपालिका १-सुन्दरीजल, काठमाडौंकी शिक्षिका रुवी लामाले तामाङ भाषाका वर्णमाला किताब उपहारस्वरूप प्रदान गरेकी थिइन्।

उनले सहभागीहरूलाई तामाङ मातृभाषाको परिचय, महत्त्व , संरक्षण र सम्बर्द्धनको विषयमा जानकारी दिएकी थिइन्।

प्रकाशित: २० भाद्र २०८१ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App