४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

'रावायण' को टिजरमा दाह्री र जुँगाको गेटअपमा पल

फिल्म 'रावायण; को टिजर सार्वजनिक भएको छ। शुक्रबार काडमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। 

टिजरमा अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा देखाइएको छ।

पलको फिल्ममा दोहोरो भूमिका रहेको छ।यसमा उनले एउटा पोजेटिभ र अर्को नेगेटिभ चरित्र निर्वाह गरेका छन्।

यो फिल्ममा पलका साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाल, निकिता चण्डकको अभिनय छ।

सुदर्शन थापा प्रोडक्सन र पुजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मको निर्माता पूजा शर्मा हुन्। सुशन पाठक कार्यकारी निर्माता छन्।

फिल्म भदौ २१ गते रिलिज हुनेछ।

प्रकाशित: १८ श्रावण २०८१ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App