७ पुस २०८१ आइतबार
image/svg+xml
कला

रामचन्द्र शर्मा गौतमको ‘संस्कारमुखी जीवन पद्धति’ लाेकार्पण

साहित्यकार रामचन्द्र शर्माको संस्कारमुखी जीवन पद्धति खण्डकाव्य लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति भूपाल राईले संस्कारमुखी जीवन पद्धति खण्डकाव्यको लोकापण गरेका हुन्।

कुलपति राईले खण्डकाव्य लाेकार्पण गर्दै आधुनिक सन्दर्भमा पुस्तक निकै ज्ञानवर्द्धक भएको बताए। हिन्दू संस्कृतिको १६ संस्कार भए पनि पुस्तक सबैका लागि उत्तिकै  उपयाेगी रहेकाे छ। अहिलेको पुस्ताले संस्कार बिर्सिंदै गएको छ। भाषा, संस्कार, संस्कृति र परम्परा आआफ्नो पहिचान हो। यसकाे संरक्षण गर्नु हाम्राे दायित्व हाे। हाम्रा संस्कारहरूको मनोवैज्ञानिक र सामााजिकताको वैज्ञानिक आधार आज पनि उत्तिकै सान्दर्भिक भएको कुरा स्थापित गर्न र आजको पुस्तालाई आधुनिक जीवन पद्धतिसँग जाेड्न पुस्तकले खोजेको छ।

प्राडा षडानन्द पौड्यालले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै पुस्तकले हिन्दू संस्कारले देखाएको बाटोलाई जीवनसँग जोडेको बताए। पुस्तकले सनातन धर्म र पहिचानका लागि बुलन्द आवाज उठाएको पनि उनले बताए।

खण्डकाव्यकार रामचन्द्र शर्माका यमल खण्डकाव्य, (२०७४), जिन्दगी खण्डकाव्य (२०७८),  स्याङ्जा र वर्णनात्मक काव्य (२०७९) प्रकाशित भइसकेको छ।

कार्यक्रमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, राधा कार्की, रविन्द्र तिमल्सिना, महेश्वर शर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ श्रावण २०८१ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App