१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘मिस कोशी’ लाई सम्मान

आठौं संस्करणको ‘मिस कोशी २०२४’ का विजेता तथा उपविजेतालाई विराटनगरमा सम्मान गरिएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिले एक कार्यक्रम गर्दै सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा ‘मिस कोशी’ का विजेता सुनसरी इटहरी १९ तरहराकी शुभलक्ष्मी राई, ‘फस्ट रनरअप’ धरानकी निशा हाङमा लिम्बु, ‘सेकेण्ड रनर अप’ झापाकी निगम मोक्तान तामाङ, ‘थर्ड रनर अप’ जुम्लाकी कृति बस्नेत र ‘फोर्थ रनर अप’ इटहरीकी स्वस्तिका राई रहेका छन्।

सुनसरीको धरानमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मीले ‘मिस कोशी’को उपाधि जितेकी थिइन्। उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन्।

उनीहरूलाई कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरेका थिए।  

प्रकाशित: ८ श्रावण २०८१ १२:०३ मंगलबार

# Muktak # Miss Koshi