६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

ज्योती मगर भन्छिन्: पैसा तिरेर मलाई हेर्न आएका दर्शकको ढुङ्गा खुसीले खाइदिन्छु

जुम्लामा आयोजित कार्यक्रममा ढुङ्गा प्रहार भएको घटनामा गायिका ज्योति मगरले आफ्नो प्रतिक्रिया दिएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मगरले दर्शकले पैसा तिरेर आफूलाई हेर्न आउँछन् भने दर्शकले हानेको ढुङ्गा खुसी खुसीले खाने बताएकी छिन्।

उनले लेखेकी छिन्,  ‘यदि ममाथि ढुंगामुढा प्रहार भएको भए म खुसी नै हुन्थेँ। बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो। १० हजार बढी दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने म खुसी खुसीले ढुङ्गा खाइदिने हो।,’

ज्योतिले १० हजारको भीडमाझ आफूले प्रस्तुति दिँदा उक्त घटना भएको जनाएकी छन्। उनले आफूले गीत गाउँदै गर्दा दर्शक नाच्न र झुम्न थालेपछि त्यहाँ रहेका बच्चा र महिला च्यापिने परिस्थिति आएको बताएकी छिन्।

तर दर्शकले ढुङ्गा हानेर आफूलाई लखेटेको भन्ने कुरा झुट रहेको उनले बताएकी छिन्। उनले आफूलाई घृणा गर्नेले भ्रम फैलाएको पनि उल्लेख गरेकी छिन्।

जुम्लामा आयोजित कार्यक्रममा ज्योतिले प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। वैशाख २२ गते ज्योतिले जुम्लामा आफ्नो प्रस्तुति दिएकी थिइन्। 

प्रकाशित: २४ वैशाख २०८१ १९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App