लामो अध्ययनपछि अध्येताहरू यतिबेला संसार बदल्ने सोचको अभाव हुन थालेको महसुस गरिरहेका छन्। सन् ८०० र १९०० मा वैज्ञानिक जगत्मा जे जस्ता खोज, अनुसन्धान भए, जे जति वैज्ञानिक पेपरहरू पेश गरिए, तिनले विज्ञानका क्षेत्रमा भए÷गरेका धेरै कुरामा उथलपुथल मच्चाए। उदाहरणका लागि चाल्र्स डार्बिनको खोज र त्यसमा आधारित ‘ओरिजिन अफ स्पिसिज्’लाई लिन सकिन्छ।
सन् २०२३ मा वैज्ञानिकहरूको एउटा समूहले एउटा खोज ग¥यो। सो खोजमा सन् १९४५ देखि २०१० सम्म गरिएका शोधपत्रहरू भेला गरियो। चार करोड ५० लाख शोधपत्रमध्ये तीन करोड ९० लाख शोधलाई मात्र पेटेन्ट दर्ता गरिएको थियो।
नेचर पत्रिकाको २०२३ को जनवरी अंकमा प्रकाशित अध्ययनअनुसार वैज्ञानिकहरूले पहिले भइसकेका अध्ययनमा थप अध्ययन गर्नेबाहेक नयाँ सबैलाई चकित पार्ने कुनै अध्ययन गर्न नसकिरहेको तथ्य फेला पारेका हुन्।
यस अध्ययनमा संलग्न युनिभर्सिटी अफ मेनेसोटाको कार्लसन स्कुल अफ म्यानेजमेन्टका समाजशास्त्री रसेल फङ्कले ती सारा अध्ययनलाई कन्सोलिडेटिङ (सशक्त) र डिसरप्टिभ (विध्वंशक) मा गरी दुई भागमा बाँडेका थिए।
यी सबैलाई हेर्दा रसेलले के पाए भने तुलनात्मक रूपमा पछिल्लो समय भएका खोजहरू नयाँ केही हुन सकेका छैनन्। यो साँच्चै चिन्ताजनक भएको उनको धारणा छ।
यतिबेला शोधका विषयहरू खुम्चिएर ज्यादै सानो पनि हुन थालेका छन्। यति धेरै विषय छन् कि तिनमा फिँजिनुभन्दा सीमित कुरामा ध्यान दिनु धेरैले उपयुक्त ठानेका छन्। तर यसको बेफाइदा ठूलो हुने गरेको इन्टरनेसनल बिजनेस स्कुलका अर्गनाइजेनसल बिहेभियर विभागका सहायक प्राध्यापक माइक पार्क भन्छन्, ‘हामी जति साँघुरा चिजमा ध्यान दिन थाल्छौँ, पहिलेका वृहद् र विस्तृत चिजहरू छुट्दै जान्छन्। जति छुट्दै जान्छन्, त्यसले वृहद् स्तरमा विध्वंशक वा कायापलट गर्ने खोज, अनुसन्धान, आविष्कार गर्नबाट चुक्छौँ।’
पछिल्लो समय खोज अनुसन्धानका लागि धन जुट्न नसक्नु, चाँडै अध्ययन र शोध सक्नुपर्ने दबाब, भए तथा गरेका अनुसन्धानको पियर रिभ्यु पनि नगराइनुजस्ता समस्याले शोधकार्य कम विश्वसनीय पनि बन्दै गइरहेकोमा उनको चिन्ता छ।
उनी भन्छन्, ‘विध्वंशक आविष्कार राम्रो कुरा हो तर त्यो हुन पनि समय पाक्नु पर्छ। धेरै अनुसन्धान पाक्ने बेला नभएको हुनसक्छ।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ६ फाल्गुन २०८० ०७:३१ आइतबार