५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

को बन्ला ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को विजेता ?

‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ। आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ।

ग्राण्ड फिनालेमा चार जना फाइनलिस्ट उपाधिको लागि भिड्दै छन्। विनोद राई, नोगेन लिम्बू, मकरबहादुर योञ्जन र कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दैछन्।

विनोद राई कोच मिलन नेवारको समूहबाट रहेका छन् भने कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू रहेका छन्। त्यस्तै कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राई रहेका छन्।

यीमध्ये धेरै भोट प्राप्त गर्ने एकजना विजेता बन्ने छन्।

प्रकाशित: २७ पुस २०८० ०७:५९ शुक्रबार

‘भ्वाइस अफ नेपाल’को सिजन ५