१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मोफसल प्रचारमा ‘हुर्रे’

तस्बिर : अशोकसुजन श्रेष्ठ/नागरिक

मकवानपुर – फिल्म ‘हुर्रे’ले रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तीव्रता दिएको छ । शनिबार हेटौंडा आइपुगेको फिल्मको निर्माता तथा कलाकारको टोलीले फिल्म हास्यप्रधान रहे पनि पृथक कथाबस्तुमा निर्माण रहेको बताए । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको फिल्मको टोली पोखरा, बुटवल, चितवनपछि हेटौंडा आइपुगेको थियो।

हेटौंडामा आयोजित अन्तरक्रियामा अभिनेता अनुपविक्रम शाहीले फिल्म मनोरञ्जक रहेको बताए भने अभिनेत्री केकी अधिकारीले फिल्मभित्र आफू सबैलाई मोहमा फसाएर राख्ने स्वर्गकी अप्सरा ‘मेनका’को जस्तै भूमिकामा रहेको बताइन् । हास्य कलाकार राजाराम पौडेलले एक महिना सुटिङ गर्दा आर्यघाटको धुँवाले कलाकारहरू बिरामी परेको बताए । ‘फिल्म हेरेपछि हाँस्दा–हाँस्दा भोक लाग्छ, उनले रमाइलो गर्दै भने, ‘सबै फिल्ममा सन्देश राख्दा मजा हुँदैन, सन्देश मात्र खोज्ने भए पुराण सुने भैगो नि।’

यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, केकी अधिकारी, बिजय बराल, अंकित खड्का, संगीता नापित लगायतको अभिनय छ । फागुनको २५ गतेबाट प्रदर्शित हुने फिल्मलाई याखा इन्टरटेनमेन्टको ब्यानरमा दावा शेर्पा, सोनम लामा भ्लोन र छिरिङ दोर्जे शेर्पाले निर्माण गरेका हुन्।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App