४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ। भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता संग्र्रह ‘एकलव्यको देशमा’, कवि गणेश नेपालीको कविता संग्रह ‘एकलव्य’ र गीतकार कृष्णसिंह पेलाको मुक्तक संग्रह ‘फूलको प्रहार’ विमोचन गरे।

रावलले कृति विमोचन गर्दै दुई देशबीच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताए। ‘उताराखण्ड र सुदूर पश्चिमको सबै रीतिरिवाज र परम्परा एउटै हो’, उनले भने, ‘सांस्कृतिक एवं परम्पराले एकताको पहिचान दिलाएको छ।’ दुई देशको सिमाना फरक भए पनि सांस्कृतिक सम्बन्धले प्रगाढ बनाएको उनको भनाइ थियो।

उत्तराखण्डका डा. पीताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताए। ‘हाम्रा सांस्कृतिक परम्पराले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ’, उनले भने, ‘सयौं वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ।’ उनले समयसमयमा हुने यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीच एकताको सन्देश दिएको बताए। –रासस

प्रकाशित: ७ पुस २०८० १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App