२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

उत्कृष्ट मोडललाई एक लाख !

काठमाडौं–एक लाख नगद राशि पुरस्कार सहितको ‘बेस्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने भएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूको व्यवसायिक करिअर निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यसहित रोयल नेपाल डटकमले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

सोमबार विज्ञप्ती जारी गर्दै आयोजक रोयल नेपाल डटकमले ‘बेस्ट मोडल अफ द इयर २०१८’ का लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ । मोडलिङ पेशालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँ पुस्तालाई मोडलिङका विविध पक्षमा ज्ञानका दिनुका साथै उनीहरूको प्रतिभा निखार्दै अन्तर्राष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना थालिएको रोयल नेपालका म्यानेजिङ डाइरेक्टर प्रशान्त खड्गीले बताए ।

युवामा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पु¥याउने खड्गीले दाबी गरे । १६ देखि ३२ वर्ष ननाघेका युवा–युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणका क्रममा प्रतियोगीले ¥याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ लगायतका विषयमा दक्ष व्यक्तित्वहरूद्वारा प्रशिक्षण लिनेछन् । प्रतियोगितामा शीर्षसहित आधा दर्जन उप–विधामा पुरस्कार बाँडिने  आयोजकले जनाएका छन् । प्रतियोगिताका विजेताले १ लाख नगदसहित चलचित्र, विज्ञापन चलचित्र र अन्तर्राष्ट्रिय फेसन सोमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App