११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

कपन साहित्य समाजबाट कसास यात्री स्मृति सम्मान घोषणा

कपन साहित्य समाजबाट प्रत्येक वर्ष प्रदान गरिने कसास यात्री स्मृति सम्मान-२०७९ साहित्यकार गोविन्दप्रसाद घिमिरे वेदमणि र २०८० को साहित्यकार एवं साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजका परिकल्पनाकार स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित उक्त सम्मान भाषा साहित्य संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टालाई समर्पित गर्ने उद्देश्यले २०७५ सालमा स्थापना भएको हो।

उक्त सम्मानबाट यसअघि प्राडा दयाराम श्रेष्ठ सम्भव, संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्ग, प्राडा अभि सुवेदी र प्राडा गार्गी शर्मा सम्मानित भइसकेका छन्।

उक्त सम्मान यात्रीको जन्मजयन्तीको अवसरमा प्रदान गरिने कुरा कपन साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्रले बताए।

प्रकाशित: २२ कार्तिक २०८० ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App