१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘गोस्ट स्क्रिनिङ’ले तातेको कोरिया

यस्तो पनि !

‘गोस्टराइटर’का बारेमा सुन्नु भएको होला तर के तपाईंले ‘गोस्ट स्क्रिनिङ’का बारेमा सुन्नु भएको छ ?  

विगत पाँच वर्षयता विभिन्न सिनेमा हलहरूले ‘गोस्ट स्क्रिनिङ’ गरेको आरोपमा कोरियाली नगर प्रहरीले छापा मारेको छ।फिल्मको नक्कली प्रदर्शन गरेर बक्स अफिस आँकडा बढाउन मिलेमतो भएको प्रहरीको आरोप छ ।

सिनेमा हलको शृंखला चलाउने सिजिभी, मेगाबक्सर टोटे सिनेमाका सञ्चालक तथा फिल्म वितरकहरूलाई यस्ता कार्यमा संलग्नरहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।तिनले विगत पाँच वर्षयता ३२३ वटा फिल्मको बक्स अफिस कलेक्सन बढाई चढाई पेश गरी नक्कली प्रदर्शनको गलत शृंखला सुरु गरेको आरोप लगाइएको छ।

यस्तो आरोप खेप्नेमा सन् २०२२ मा सुपरहिट क्राइम थ्रिलर ‘हट ब्लडेड’र २०२१ मारिलिज भई ब्लकबस्टर भएको ‘इमर्जेन्सी डिक्लेरेसन’ पनि परेका छन्।

कोरियाली बक्स अफिसको अनौठो नियम छ।त्यहाँ फिल्मले कति पैसा कमायोले भन्दा पनि कति टिकट बिक्री भयो भनी हेरिन्छ।फिल्म निर्माताले बक्स अफिसको आँकडामा पर्न ठूला कर्पोरेट हाउसलाई टिकट दिने गर्छन्।तिनले कर्मचारीलाई सो टिकट बाँड्छन्।यसले फिल्मको आकर्षण बढेको देखिने हुनाले यस्ता क्रियाकलाप लामो समयदेखि चलिरहेको थियो ।

कोरियाली बक्स अफिसमा एक करोड टिकट बिक्री हुनुलाई सफलताको मानक मानिन्छ।त्यसैले कम्तीमा एक करोड टिकट बिक्री गर्न फिल्म प्रदर्शक, वितरक तथा निर्माताहरूले सक्दो प्रयास गर्छन्।यसरी ‘गोस्ट’ टिकटहरू बाँडिदा कहिलेकाहीँ सिनेमा हल नै खालीखाली हुने गर्छन् ।

अहिले मेट्रो प्रहरीले गरेको खोजी चाहिँ त्यसरी बाँडिएका टिकटहरू के कति थिए, के कति टिकटहरू बढाई चढाई गर्न प्रयोग गरिए भन्नेबारे हो।

‘कोरोनाकालमा सिनेमा हलमार खासगरी सिनेमा चेनलाई नराम्रो प्रभाव पा¥यो।उनीहरूले हलको प्रचार जारीराख्न, सिनेमा हलमा मानिसहरूको आवत जावत जारीराख्न नभएको टिकट बिक्री भएको वा नक्कली टिकट जारी गरेको देखियो,’ इन्डी प्लग नामक फिल्म वितरण समूहका निर्देशक गोह योङ जेईले फाइनान्सियल टाइम्सलाई बताए।

प्रहरी नै तात्तिएर हलमा छापा मार्नुपर्ने कारण भनेरोचक छ।पछिल्लो समयरिलिज भएको डकुमेन्ट्री ‘दरेड हेरिङ’ले अचानक लोकप्रियता पायो।पूर्व न्यायमन्त्री चो कुकले न्याय प्रणालीमा आमूल सुधार हुनुपर्ने मागराख्दै केही समयअघिदेखि अभियान चलाइरहेका थिए।यो उनीमाथि बनाइएको डकुमेन्ट्री हो।यसको टिकट बिक्री ह्वात्तै बढेको देखियो।जबकि यो डकुमेन्ट्री बनाउन निर्माताहरूले सर्वसाधारणबाट क्राउड फन्डिङ गरेका थिए।यो डकुमेन्ट्री अन्य फिल्मसरी हिट हुने कुनै कारण थिएन।टिकट अचाक्ली बिक्री भएको छ तर मान्छेको उपस्थिति भने निकै कम छ भन्ने प्रहरीले पायो ।

डकुमेन्ट्रीको लोकप्रियता बढेपछिराजनीतिक रूपमा ईख साँध्न यस्तो आरोप लगाउनेहरू पनि छन्।विवाद बढ्दै जाँदा कोरियाली फिल्म काउन्सिललाई संस्कृति मन्त्रालयले समेत पारदर्शी भएर यो अनुसन्धानलाई किनारा लगाउन आग्रह गरेको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २८ भाद्र २०८० ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App