२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

'मायावी' बाट फिल्ममा कमब्याक गर्दै पल शाह

अभिनेता पल शाह फिल्म 'मायावी'मा अनुबन्धित भएका छन्। बलात्कार आरोपमा सफाई पाएपछि फिल्ममा आउने तयारी गरिरहेका पल निर्देशक दिवाकर भट्टराईकाे फिल्ममार्फत कमब्याक गर्न लागेका हुन्। निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए। निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार 'मायावी'को घोषणा गरेका थिए।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ। फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन्। फिल्म 'ऐश्वर्या'पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।

फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए।

प्रकाशित: २१ भाद्र २०८० १०:५२ बिहीबार

पल शाह