१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नायिका दीया पुनले गरिन् किलिमन्जारो हिमालको सफल आरोहण

नायिका दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको सफल आरोहण गरेकी छिन्। 

शनिबार अफ्रिकाको समय अनुसार बिहान ७ः३० बजे सफल आरोहण गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

पाँच हजार ८९५ मिटर अग्लो किलिमन्जारो हिमाल अफ्रिकी मुलुक तान्जानियामा अवस्थित छ।

किलिमन्जारोको शिखरमा उनले नेपाली झण्डासमेत फहराएकी छिन्। उक्त हिमालको चुचुरोमा पुगेर आफ्नो अर्को एक सपना पूरा भएको दीयाले उल्लेख गरेकी छिन्।

प्रकाशित: २८ श्रावण २०८० १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App