२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

प्रतिभा ठूलो कि अभ्यास?

यस्तो पनि!

फेलिक्स क्लिसर

सन् १९९१ जनवरी ३ मा फेलिक्स क्लिसर जन्मँदा उनका बाबुआमाबाहेक चिकित्सक र नर्सहरू छक्क परे। बालकका दुई हात थिएनन्। जर्मनीको विश्वविद्यालय शहरका रूपमा परिचित गोटिन्जेनमा हुर्कंदै गर्दा चार वर्षको उमेरमा नै फेलिक्सले आमाबुवासँग फ्रेन्च हर्न (भोंपू) बाजा मागेका थिए। जब स्कुल जान थाले, उनको संगीत रूचि देखेर शिक्षकले सोधे, ‘संगीतको पनि कुन बाजा बजाउने?’

फेलिक्सले भोंपू नै बजाउने जिद्दी गरे। उनीसँग पियानो, गीतार लगायत अन्य बाजाका विविध छनोट भए पनि बजाउन अप्ठेरो फ्रेन्च हर्न (भोंपू)मा नै हत्ते गरे।

उनका दुई हात थिएनन्। त्यसैले त्यो बाजा बजाउनु पर्दा गोडाको सहयोग लिनुपथ्र्यो। अन्ततः अहिले फेलिक्स क्लिसर संसारकै उम्दा फ्रेन्च हर्न वादकका रूपमा चिनिए।

हालै गार्डियन पत्रिकामा टिम गोन्जेसँग भनेका छन्, ‘त्यो बेला शिक्षकले मलाई पियानो वा ड्रम बजाउन जोड दिएका थिए तर म शिक्षकसँग रिसाएँ र भनेँ, म फ्रेन्च हर्न नै बजाउँछु।’

उनलाई संगीत सिर्जना गर्नु थिएन, उनलाई त भोंपू बजाउनु थियो। भोंपूको जुन आवाज आउँथ्यो, त्यसमा उनी मुग्ध हुन्थे। त्यो आवाज न त पियानोले दिन्थ्यो न त अरू कुनै बाजाले!

उनी भोंपूमा यति मुग्ध र केन्द्रिकृत थिए कि त्यसैलाई कसरी सजिलो गरी बजाउने भन्ने अभ्यास गरे। यतिबेला उनी ३२ वर्षका छन्। हातबिनाका उनले सयौँ गीतमा भोंपूको धून दिइसकेका छन्।

‘मेरा हात नभएकामा म धन्य छु किनभने भएको भए म धेरै नै विकेन्द्रित हुन सक्थेँ। जब तपाईंसँग सपना छ र कडा अप्ठेरा बेहोर्नु हुन्छ, अधिकांश अवस्थामा तपाईंले मैदान छाड्नुहुन्छ,’ उनले भनेका छन्, ‘तर जब मैले मेरो समस्या देखेँ र त्यसको समाधान पाएँ, त्यसपछि आँखा खुल्यो। वास्तवमा संसारका हरेक समस्याका समाधान रहेछन्। बस्, त्यो समाधानलाई अँगाल्ने आँट हुनुप¥यो।’

उनको जीवनको सिद्धान्त नै छः प्रतिभा हुनु राम्रो कुरा हो तर त्यो भन्दा पनि कति दिल लगाएर अभ्यास गरिन्छ, त्यो चाहिँ प्रतिभाभन्दा पनि ठूलो कुरा हो।

उनी भन्छन्, ‘म ज्यादै बिछट्टको प्रतिभा भएको व्यक्ति होइन तर मैले यति धेरै अभ्यास गरेँ, यति दिल लगाएर गरेँ कि आज म यो क्षेत्रमा स्थापित भएँ। खासमा सफल हुन प्रतिभा नभए पनि हुन्छ।’

प्रकाशित: २४ श्रावण २०८० ०३:४८ बुधबार

अक्षर