२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

जेबी टुहुरे स्मृति पुस्कार कवि पौडेललाई

साहित्यकार अनिल पौडेललाई जेबी टुहुरे फाउन्डेसनले ‘जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान-२०८०’ सम्मान प्रदान गर्ने गर्ने भएको छ। कवि, गीतकार तथा सामाजिक अभियन्ता पौडेललाई एक लाख राशिको पुरस्कार प्रदान गर्ने भएको हो। फाउन्डेसनको केन्द्रीय कार्यालय कलंकीमा बसेको बैठकले यस्तो निर्णय गरेको पुरस्कार छनौट समितिका संयोजक खेम नेपालीले बताए।

‘जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान-२०८०’ छनोट समितिको संयोजक नेपालीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू केशरी घर्ती मगर, कुस्मा महरा, ब्रम्ह्चारी त्रोक्छाकी, चन्द्र बहादुर मगर सहभागिता रहेको थियो।

बैठकमा सम्मानका लागि नेपाली गीत-संगीतलाई योगदान दिएका विभिन्न स्रष्टाबारे छलफल भएको थियो। वैचारिक सामीप्य तथा निरन्तरता, सिर्जनात्मक योगदान, वरिष्ठता लगायत छनोटको आधारभूत मापदण्ड बनाइएको थियो। जसअनुसार कवि, गितकार तथा सामाजिक अभियन्ता अनिल पौडेलको नाम चयन भएको हो। पौडेलले ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरा मर्दा देश रुँदो रैछ’ गीत लेखेका छन्।

‘भदौ १० गते राष्ट्रिय नाचघर, काठमाडौंमा गरिने एक कार्यक्रम बिच नगद एक लाख सहित सम्मान गरिनेछ। कार्यक्रममा जनगायक जेबी टुहुरेको जीवनसँग सम्बन्धित स्मृति ग्रन्थकाे पनि लाेकार्पण गरिनेछ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनुहुनेछ’ फाउन्डेसकी अध्यक्ष निर्भिका टुहरे बताइन।

२००१ कातिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिंदै कैयौं जनवादी गीत गाएका थिए।

बसाइँ हिंड्नेको तातीले, आमा दिदी बैनी हो जस्ता कालजयी गीतहरू आजसम्म पनि हरेक जनताले गुन्जाइरहेका छन्। तत्कालीन संविधानसभा सदस्य समेत रहेका जुठबहादुर खड्गी (जेबी टुहुरे) को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो। टुहुरेको स्मृतिमा अघिल्लो वर्ष धरानमा जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रम आयोजना गरिएको थियो। जहाँ बसाइ हिंड्नेको तातीले गीतका लेखक लव प्रधानलाई सम्मान गरिएको थियो।

प्रकाशित: १७ श्रावण २०८० ०४:२२ बुधबार

अक्षर