१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सपनाको सहर- अग्ला भवन भत्काउथें : दीपकराज गिरी

तपाईलाई मनपर्ने सहर कुन हो?

मलाई पोखरा सहर असाध्यै मनपर्छ। त्यहाँको हावापानी, सरसफाइ र रमणीय वातावरणले धेरैको ध्यान तानेको छ। फुर्सद हुनासाथ म पोेखरा र काठमाडौंको चन्द्रागिरी घुम्न निस्किन्छु। मैले धेरै देशका सहर घुमेको छु। तर, नेपालका सहरमा पाइने विशेषता कतै पाइनँ। धुवाँधुलो र फोहोरले यहाँका सहर थोरै अव्यवस्थित होलान् तर विशेषता र मौलिकता अरु देशकाभन्दा फरक छन्। हाम्रा सहरले पुरानो इतिहास बोकेका छन्। नेपाल र नेपालीको पहिचान झल्किाउने खालका छन्। यहाँका सहरमा नेपाली स्वाद र पहिचान पाइन्छ।

तपाईंको विचारमा व्यवस्थित सहर कस्तो हुनुपर्छ?

सहर सबैको सपना, अवसर र रहरको खानी हुनुपर्छ, जहाँ सबथोक पाइयोस्। सहर हेर्दै रमणीय र ऊर्जा जगाउने खालको हुनुपर्छ। सफा, सुन्दर, सुविधायुक्त भयो भनेेमात्रै सहरमा बसेकाले म सहरमै छु भन्ने अनुभूति गर्न सक्छन्। दुःखको कुरा, हाम्रा सहर नामैले मात्र सहर बनेका छन्। सहरमा पाइने खास विषेशता हाम्रा सहरमा पाइन्न। यद्यपि मौलिकता भने यहाँका सहरमा प्रसस्तै भेटाइन्छ। सरकारका काम कारबाही पनि सहर व्यवस्थित बनाउने खालका छैनन्। सरकारी निकायबीच समन्वय हुन नसक्दा समस्या धेरै छन्।

उपत्यकाको मन पर्ने/नपर्ने पक्ष के–के हुन्?

उपत्यकाको ट्राफिक जाम र साँघुरा सडक सम्झँदै दिक्क लाग्छ। यहाँका मुख्य समस्या पार्किङ, ट्राफिक जाम, धुवाँधुलो, अग्ला भवन नै हुन्। यी विषयलाई केन्द्रमा राखेर विकासका काम गर्नतिर लाग्ने हो भने सहर सुन्दर बन्न सक्छ जस्तो लाग्छ। उपत्यकाकोे मनपर्ने पक्ष यहाँका पुराना राणाकालीन दरबार, मठ मन्दिर, संस्कृति नै हो। त्यस्तै यहाँको अर्को मनपर्ने पक्ष नजिकका घुम्ने ठाउँ पनि हुन्।

काठमाडौं महानगरपालिकाको मेयर बन्न पाए के गर्नुहुन्थ्यो?

सहरकका मुख्य समस्यालाई ध्यानमा राखेर काम गर्थें। सहरवासीलाई सुन्दर ठाउँमा बसेको छु भन्ने अनुभूति दिलाउँथें। वैकल्पिक सडक विस्तारको साथै उपत्यकासँग जोडिने बाहिरी सडक चौडा बनाउँथंे। पार्किङ, ट्राफिक जाम, धुवाँधुलो समाधानका साथै अग्ला भवन भत्काउथेँ।

प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २ असार २०७४ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App