२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

ऊ मेरी प्रेमिका हो!

कविता

मेरो उससँग प्रेम छ

म उसलाई माया गर्छु

म ऊसँग हुन्छु

ऊ पनि मसँगै हुन्छ

हामी दुई एक अर्कालाई प्रेम गर्छौं।

ऊ मेरो बायाँ छातीमा

टाँसिएर बसेको छ

देख्नेहरूले/नियालेर हेर्नेहरूले

उसको टाउको देख्लान्

उसको घुम्टी देख्लान्

तर,

देख्नै पर्ने कुरा देख्दैनन्

ऊ यसरी टाँसिएर बसेको छ

पृथ्वीमा हावा टाँसिएझैं।

ऊ मलाई हेर्न लगाउँछे

ऊ समाज हेर्न लगाउँछे

ऊ विश्वका सूक्ष्मदेखि स्थूलमा

मेरो दृष्टि पुर्‍याउन लगाउँछे

ऊ मानिसको व्यवहारबाट

मन बुझ्न लगाउँछे

जब म उसलाई च्याप्प समाउँछु

उसको घुम्टी निकालेर

म उसको छातीमा

औंलाले समाउँछु

ऊ घोप्टिन थाल्छे

ऊ बान्ता गर्न थाल्छे

म जे भन्छु

ऊ त्यसैत्यसै गर्छे

ऊ मलाई अघि बढ्न

सहयोग गर्छे

ऊ मलाई सच्याउन

र, सचिन सहयोग गर्छे

ऊ मैले सोचेको

पढेको, लेखेको, बुझेको

सबै अर्कालाई दिन्छे।

हो, ऊ मेरी प्रेमिका हो

ऊ मेरी अर्धाङ्गिनी हो

ऊ मेरो जीवनसाथी पनि हो

मलाई सुखमा साथ दिने,

दुःखमा साथ दिने

ऊ ... ऊ... मेरी आफ्नै

प्रिया देवी!

कलम हो।  

प्रकाशित: ५ श्रावण २०८० ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App