२७ पुस २०८१ शनिबार
image/svg+xml
कला

रहिनन् ‘चियाबारीमा’ गीतकी गीतकार

काठमाडौं –गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित उनी संगीतकार रञ्जीत गजमेरकी श्रीमती हुन् ।

उनले ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘बेहुली’ ‘चिनो’, ‘बाँसुरी’, ‘दुई थोपा आँसु’, ‘पिरती’, ‘सम्झना’, ‘अपराध’, ‘दक्षिणा’ र ‘दर्पण छाँया’ लगायत फिल्मको गीत लेखेकी थिइन् । उनले लेखेका गीतहरु ‘रेली खोला बगर’, ‘मोहनी लाग्ला है’, ‘चियाबारीमा’, ‘कसरी भनूँ म मनको कुरा यो’, ‘पिरती आफैं हुँदो रैछ’, ‘वीरताको चिनो वीरको सन्तान’ लगायत गीतहरु चर्चामा छन् ।

२००२ सालमा  भारतको दार्जिलिङमा जन्मिएकी गीतकार गजमेरकी छोरी भारती गजमेर निर्देशक तुलसी घिमिरेकी श्रीमती हुन् ।

 

प्रकाशित: १८ जेष्ठ २०७४ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App