२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

समृद्धिको नयाँ रामायण लेखियोस्

बालसिर्जना

फाइल तस्वीर

श्रीपल दाहाल

चपला अवलाहरू एक सुरमा

गुनकेसरीको फूल ली शिरमा

हिंड्न्या सखि लीकन ओरिपरी

अमरावती कान्तिपुरी नगरी।।

नमस्ते सबैमा। आज म यहीं कान्तिपुरी नगरीमा बसेर भानुभक्तलाई सम्झिन पाउँदा आफूलाई भाग्यमानी सम्झिएको छु। १८७१ असार २९ तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यको जन्म महिनामा उनले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको चर्चा गर्न पाउँदा निकै हर्षित छु।

यदि हामी कसैसँग त्यो भाषामा बोल्छौ जुन भाषा उसले बुझ्छ त्यो कुरा उक्त व्यक्तिको दिमागसम्म पुर्‍याउन सक्छौ। तर, यदि हामीले त्यो मान्छेसँग उसकै भाषामा बोल्छौ भने त्यो उसको दिलसम्म पुर्‍याउन सक्छौं।

भानुभक्तले नेपाली भाषाको सहयोगले साहित्यलाई नेपाली समाजको दिलसम्म पुर्‍याउन सके। छरिएर रहेका मनहरूलाई भाषामार्फत एकीकरण गर्न सफल भए। त्यसको उदाहरण रामायणबाट लिन सकिन्छ।

त्यतिबेला अधिकांश मानिसले संस्कृत बुझ्दैन थिए। त्यसैले उनले महाकाव्यलाई नेपाली भाषामा अनुवाद गरे। रामायणको काल्पनिक कथा शैलीको संरक्षण गर्दै विद्वानहरूले उनको अनुवाद ‘भाव र मर्म’ लाई समान गीतको सार बोकेका छन् भन्ने विश्वास गर्दछन्।

भानुभक्तले नेपाली भाषाको सहयोगले साहित्यलाई नेपाली समाजको दिलसम्म पुर्‍याउन सके। छरिएर रहेका मनहरूलाई भाषामार्फत एकीकरण गर्न सफल भए। त्यसको उदाहरण रामायणबाट लिन सकिन्छ।

उनले आफ्ना सिर्जनामार्फत नेपाली भाषाका मर्यादाको प्रतिष्ठापन गर्नुका साथै नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उनको सिर्जनात्मक लोकप्रियताले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने काम पनि गरेको छ।

उनका रामायण लगायतका काव्यमा आध्यात्मिक दार्शनिक चिन्तनयुक्त आदर्शको शिक्षा पाइन्छ। त्यस्तै  फुटकर कवितामा गरिएको व्यंग्यमा समाज सुधारको चेतना पनि पाइन्छ। उनका कविता काव्यहरूले त्यो बेलामा भाषिक सामर्थ्य र काव्यात्मक उचाइ प्राप्त गरेकाले उनलाई आदिकवि भनिएको हो।

१९२५ असोज ६ मा मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनावधिमा ‘रामायण’, ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘वधूशिक्षा’, ‘रामगीता’ र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन्। उनी अझै हामीमाझ  भाषा र साहित्य बनेर बाँचेका छन्।

उनका रामायण लगायतका काव्यमा आध्यात्मिक दार्शनिक चिन्तनयुक्त आदर्शको शिक्षा पाइन्छ। त्यस्तै  फुटकर कवितामा गरिएको व्यंग्यमा समाज सुधारको चेतना पनि पाइन्छ। उनका कविता काव्यहरूले त्यो बेलामा भाषिक सामर्थ्य र काव्यात्मक उचाइ प्राप्त गरेकाले उनलाई आदिकवि भनिएको हो।

भानुभक्तलाई सम्झिंदै गर्दा कवि मोतीराम भट्टलाई भुल्नु उनीमाथि अन्याय हुन्छ। किनकि उनले भानुभक्तका कृतिहरूको खोजअनुसन्धान गरी उनका काम र रचनाको प्रशंसा गर्दै उनलाई ‘आदिकवि’को उपाधि प्रदान गरेका हुन्। उनका भनाइमा ‘गोर्खा भाषामा हुन त धेरै नामी कवि भानुभक्तभन्दा पैल्हे भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्।’

लक्ष्मीप्रसाद देवकोटाले पनि भानुभक्तलाई ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि’ भनेर सम्बोधन गरेका छन्। यसको तात्पर्य पनि नेपाली साहित्यमा काव्यात्मक मिर्मिरे ल्याउने शुक्रतारा वा काव्यात्मक अभिव्यक्तिका प्रथम ध्वनि भानुभक्त नै हुन् भन्ने बुझिन्छ।

श्रीपल दाहाल

अन्त्यमा उनले आफ्नो जीवनमा एउटा घाँसीसँग भेटेका थिए त्यो घाँसीको समाजप्रतिको माया देखेर उनी प्रभावित थिए। उनले त्यही  घाँसीबाट शिक्षा लिएर उनको पहिलो कृति घाँसीकै नामबाट रचना गरेका थिए जसरी उनले घाँसीबाट शिक्षा लिएका थिए।

लक्ष्मीप्रसाद देवकोटाले पनि भानुभक्तलाई ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि’ भनेर सम्बोधन गरेका छन्। यसको तात्पर्य पनि नेपाली साहित्यमा काव्यात्मक मिर्मिरे ल्याउने शुक्रतारा वा काव्यात्मक अभिव्यक्तिका प्रथम ध्वनि भानुभक्त नै हुन् भन्ने बुझिन्छ।

त्यसैगरी हामीले भानुभक्तबाट शिक्षा लिए। उनको साँचो अर्थमा सम्मान हुन्छ। आशा गरौं, उनले दिएको ज्ञानबाट समाज समृद्धिको  नयाँ रामायण जन्मियोस खै! हामीले यो बेला यस्ता उदाहरणीय  योगदान पुर्‍याउने हाम्रा राष्ट्र भक्तबाट प्रेरणा लिएको खै! हामीले यस्तै देशभक्त बनी देशलाई योगदान दिएको? नेपालआमा हाम्रा यस्ता उत्कृष्ट योग्दानबाट खुशी भएर असल सन्तानको खुशी देखी रमाउने छिन्।

रिसराग कपट छैन यहाँ

तब धर्म कति छ कति छ यहाँ।

पशुका पति छन्  रखवारी गरी

शिवकी पुरी कान्तिपुरी नगरी।

कक्षा-९,

प्रारम्भ ऐकडेमी।

प्रकाशित: २२ असार २०८० ०७:३१ शुक्रबार

अक्षर