३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला

डा. श्रेष्ठको ‘बोकाको खुसी’लाई लघुकथालय पुरस्कार

नमस्ते आधुनिक लघुकथा मञ्चले डा. शेखरकुमार श्रेष्ठको लघुकथासंग्रह ‘बोकाको खुसी’लाई ‘लघुकथालय पुरस्कार-२०८०’ प्रदान गरिने भएको छ।

संस्थाले ‘लघुकथालय पुरस्कार’ का लागि २०७९ सालमा प्रकाशित लघुकथासंग्रह आह्वान गरेको थियो। पुरस्कार छनोट समितिले मेलमा प्राप्त लघुकथासंग्रहका पिडिएफ फाइल अध्ययन गरेर श्रेष्ठको ‘बोकाको खुसी’ लाई छनोट गरेको थियो। संस्थाले कृतिकारलाई ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिने भएको छ।  

प्रकाशित: ११ असार २०८० ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App