२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बीसौं बीडी त्यागी स्मृति सम्मान र पुरस्कार समर्पण

बीडी त्यागी स्मृति केन्द्रले ‘बीडी त्यागी स्मृति सम्मान २०८०’ साहित्यकार राधेश्याम लेकालीलाई एक समारोहका बीच प्रदान गरेको छ।

यसैगरी ‘बीडी त्यागी स्मृति पुरस्कार’ साहित्यकार रामचन्द्र दाहाललाई, ‘बीडी त्यागी योगदान सम्मान’ प्रकाशक तथा साहित्यकार रामदेव पाण्डेलाई, ‘बीडी त्यागी प्रतिभा सम्मान’ साहित्यकार सरु पोखरेललाई र गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान बुढानिलकण्ठ नगरपालिका १२ वडाका वडाध्यक्ष शम्भु भट्टराईलाई प्रदान गरेको छ।

सो सम्मान र पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीले प्रदान गरेका थिए।

‘प्रतिभा चयन समिति’का संयोजक तथा उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारतीको सभा अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ‘बीडी त्यागी स्मृति सम्मान २०८०’ बाट सम्मानित वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे, साहित्यकार सरु पोखरेल र वडा अध्यक्ष शम्भु भट्टराईले आआफ्नो मन्तव्य राखेका थिए।

कलाकार सृष्टि आचार्यले चलाएको सो कार्यक्रममा सभापति भारती, प्रमुख अतिथि डा. ज्ञवाली केन्द्रका अध्यक्ष कृष्ण आचार्य, त्रिलोचन आचार्य, दुर्गा अधिकारी भँवरकोटे लगायतले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकारहरू गंगन पौडेल, साहित्यिक पत्रकार निबन्ध आचार्य, साहित्यकारहरू प्रधुम्न जोशी, मुरारि सिग्देल, मन्जुश्री प्रधान, निर्मलरमण पराजुली, उमेश पाण्डे, प्रशुराम अधिकारी, सीमा पुरी, रत्नप्रसाद अनामणि श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, रामकुमार पण्डित, केशव रुपाखेती, शम्भु भट्टराई, ढुण्डीराज पोखरेल, माधवलाल श्रेष्ठ, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, हेम पौड्याल, घनश्याम प्रसाईं, होमप्रसाद नेउपाने, नम्रता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २० वैशाख २०८० ०७:२८ बुधबार

अक्षर