१४ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

रकस्टार सरस्वतीको दोस्रो एल्वव ‘उर्वसी’ बजारमा

काठमाडौं–गायिका सरस्वती लामाको दोस्रो एल्वम उर्वसी बजारमा आएको छ । लामाको एकल गायन रहेको एल्वममा पाँच वटा गीत रहेका छन्। यसअघि पहिलो एल्वम ‘उत्तर–पूर्व’ बजारमा ल्याएकी गायिका लामाले सो एल्वम सफल भएपछि दोस्रो एल्वम बजारमा ल्याएको बताइन्। लोकपप, आधुनिक पप र रक गीत समावेश भएको उर्वसीमा शान्तिराम राई, वसन्त सापकोटा,  हरि लम्साल स्पन्दन राईलगायतले संगीत भरेका छन्।

विगत दश वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका लामाका रक गीत सफल भएका छन् । ‘म दशवर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छु,’ गायिका लामाले भनिन्, ‘मेरो पहिलो एल्वम पनि स्रोताले मन पराइ दिनु भयो, यही उत्साहले दोस्रो एल्वम बजारमा ल्याएकी हुँ।’ आफूलाई रकस्टार भन्न रुचाउने गायिका लामा अन्य गीतको तुलनामा रकस्टारले कम संघर्ष गर्नुपरेको बताउँछिन्। ‘मेरो रुचि पनि रक गीत नै हो,’ उनले भनिन्, ‘त्यही भएर पनि मैले धेरै संघर्ष गर्नु परेन।’ शास्त्रीय संगीत सिकेकी लामाले आफ्नो गायन क्षेत्रभने रक गीतलाई बनाएकी छन्।  
 

प्रकाशित: ११ माघ २०७३ ०५:२९ मंगलबार

रकस्टार सरस्वतीको दोस्रो एल्वव उर्वसी बजारमा