२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘जीवनका अनुभूति’काे परिचर्चा

साहित्यिक पत्रकार संघले सर्जक बिना पोखरेलको आत्मकथाकृति ‘जीवनका अनुभूति’को परिचर्चाको गरेको छ।

वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्य र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो।

अमेरिकामा बसोबास गर्दै आएकी लेखक बिना पोखरेलको आत्मकथाकृति ‘जीवनका अनुभूति’ दोस्रो संस्करण हो।

कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, लेखक बिना पोखरेल, वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, किशोर पहाडी, श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज नयाँघरे, प्राडा गोविन्दमान सिंह कार्की, मन्जिला अनिल, डा. शान्तिमाया गिरी, शिव अधिकारी, मुरारि सिग्देल, अस्मिता भण्डारी, रामचन्द्र महर्जन, अनेसास डी. सी. च्याप्टरका निवर्तमान अध्यक्ष अरुण रुपाखेती, प्राज्ञ बाबा बस्नेत लगायतले पुस्तकको चर्चा गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू-विमल भौकाजी, निर्मलरमण पराजुली, सुशीला देउजा, नीता श्रेष्ठ, पारु तिमिल्सिना, डा. गोपाल चिन्तन, विजय शाह (अमेरिका), सुलोचना पौडेल, सागर शर्मा, विष्णुबहादुर विष्ट, हेमन्त तिवारी लगायतको उपस्थिति रहेको थियो।

निबन्धकार श्रीबाबु कार्कीको संचालनमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रकार संघका कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।  

प्रकाशित: ७ वैशाख २०८० ०५:४० बिहीबार

अक्षर