२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

लघुकथा चौतारीले मनायो नयाँ वर्ष

लघुकथा चौतारीले पशुपतिको सिद्धाचल, मृगस्थलीमा लघुकथा वाचन तथा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष २०८० मनाएको छ।

लघुकथा चौतारीका अध्यक्ष योगप्रसाद उपाध्याय चापागाईको अध्यक्षता तथा साहित्यप्रेमी मदन पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा लघुकथाकार अन्जु शर्मा, हाम्रो लघुकथा पाठशालाकी वन्दना घिमिरे, योगप्रसाद उपाध्यय चापागाईं लगायतले लघुकथा वाचन गरेका थिए।

लघुकथा सौन्दर्यका एडमिन श्रीराम राईले संचालन गरेको कार्यक्रममा गीता शर्मा चापागाईं, इन्दिरा चापागाईं, दुर्गा केसी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रकाशित: २ वैशाख २०८० ०७:०७ शनिबार

अक्षर