११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

पदम विश्वकर्मा र क्वारेन्टाइन उपन्यास

पुस्तक

बुवा बुद्धिराम विश्वकर्मा आमा जौमाया विश्वकर्माका सुपुत्रका रूपमा २०२४ साल असोज १४ गते धमिलीकुवा, लमजुडमा पदम विश्वकर्माको जन्म भएको हो। उनी हाल अमेरिकाको कोलोराडोमा बस्छन्। अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका रूपमा रहेका छन्। पदम विश्वकर्माका शब्द सुमन कवितासंग्रह, तमसुक कथासंग्रह, र क्वारेन्टाइन उपन्यास प्रकाशित छन्।

पदम विश्वकर्मा प्रतिष्ठान नामक संस्थाका संस्थापक अध्यक्ष रहेका उनले जातीय विभेदका विषयमा निरन्तर आवाज उठाएका छन्। विभेदको अन्त हुनुपर्छ भन्ने सोचका धनी पदम विश्वकर्माले विभिन्न पुरस्कारको स्थापना र प्रतियोगिता पनि गराउने गरेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका दुई कार्यकाल नेतृत्व गरिसकेका छन्। उनले डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार द्दण्ज्ञड पनि प्राप्त गरेका छन्। नेपाली भाषा साहित्यको क्षेत्रमा निरन्तर योगदान रहेको छ।

 आयाम:

क्वारेन्टाइन उपन्यासमा चालिस भाग रहेको छ। छोटाछोटा भाग छुट्याइएको छ। पृष्ठ सातबाट भाग एक सुरु भएको छ र चालीस भाग एक सय एकासी पृष्ठमा सकिएको छ र अन्त्यमा भनेर लेखकले अन्तिममा लेखेका छन्। कोरोनाको कहरलाई मूल विषय बनाएर लेखिएको छ।

 उपन्यासभित्र पस्दा:

फेब्रुअरी महिनाको कोलोराडोको क्षितिज सफेद घेराबन्दीमा थियो। हिउँको कुम्लो काम्लो बोकेर थचक्कै बसे जस्तो लाग्थे। छानामाथि हिमाल र हिमालका छेउबाट उडेका बाफ धुवाँ जस्तै पुत्पुताइरहेको देखिन्थ्यो। मान्छेहरू हिउँ मान्छे जस्ता भएका थिए। फूलका बोटहरूमा फूल हैन चाँदी फुले जस्ता देखिन्थे। पोखरीमा पानी होइन हिउँ जम्न थालेको थियो।

विनय उपन्यासको मुख्य पात्र रहेको छ। उसकी आमालाई छोरीले नातिको बर्थडे बोलाएकी छिन् भने अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनले नमस्कार गरे हात मिलाएनन्। ट्रम्पलाई नमस्कार गर्न कस्ले सिकायो होला। यो प्रश्नको उत्तर पनि उत्तिकै जटिल छ।

सामाजिक जीवन बिताउन नदिएको कहरले सबै रहर निलेको छ। व्यापारीलाई घरमा बन्दी बनाएको छ। जागिरेको जागिर छुटाएको छ। घरबाट बाहिर ननिस्केपछि के गरी जीवनयापन गर्ने चिन्ताले पिरोलेको छ। सचिवको छोरा सुविधा सम्पन्न घरमा हुर्केका राजीवको परिवारलाई पीडाले विक्षिप्त बनाएको छ।

पार्वतीलाई पटकपटक मर्न मन लाग्ने बनाएको छ। जमुनाले कोरोनाको कारणले सासू-ससुरा गुमाएकी थिइन्। उनको पीडा ताजा थियो। छानो छँदा झाडा-पखालाले गाउँ नै सखाप पारेको याद आयो। जमुनाबाट टाढिने कल्पना नगरेका विनय छुट्टिनु परेको छ। पैसाको अभावमा धेरै पटक नेपालमा भएको आफ्नो घरको सम्झना आए पनि आउन नसकेको पल छ। आफ्नालाई छुन नहुने पीडादायी अवस्थामा पुर्‍याएको छ।

जिरा, मरिच, टिमुर, नुन, बेसारसहितको पानी उमालेर पिलायो विनयले। तातो पानीको बाफ लियो भने राम्रो हुन्छ। यस्ता धेरै कुरा छन्। पढ्नेको पढ्दा पढ्दै आँखा रसाउँछ। आँसुका ढिक्का हामफाले परेलीका डिलबाट। सकारात्मक सोचले लेखिएको छ उपन्यासको अन्त पनि सुन्दर रहेको छ।

 भाषाशैली:

नेपाली भाषामा लेखिएको उपन्यास क्वारेन्टाइनमा सरल भाषाको प्रयोग गरिएको छ। मान्छे मर्न डराउने प्राणी रहेछ। दुई-चार घन्टा भए पनि आफ्नो आयु थप्न चाहन्छ। यस्ता सरल तर गहन भाषाको प्रयोग गरिएको छ।

कतिपय अवस्थामा अंग्रेजी भाषाको प्रयोग गरिए पनि बुझ्न सक्ने र आवश्यक ठाउँमा प्रयोग गरिएको छ। क्वारेन्टाइन शब्दले हामीलाई त्रसित बनाएको अवस्थाको सम्झना गराउँछ। विश्वलाई कहरले आक्रान्त पारेको थियोे भनेर बारम्बार सम्झाएको छ।

 पात्र चरित्र:

विनय विनयकी श्रीमती जमुना छिन्। कोरोनाको कहरमा जागिरमा जान नसक्दा भएका गहना बेच्नु परेका छन्।

रत्ना भाउजू , पार्वती  छन्। विनयका छिमेकी सुरेश बाबु छन् उनी सहयोगी व्यापारी हुन्। कहरको चपेटामा परेर बैंकको रिन तिर्न नसकेपछि व्यापार बन्द भएको छ। राजीव बाआमाका एक्लो छोरालाई मात्रै हैन राजीवका छोराछोरीलाई पनि महामारीले छोडेन पार्वती एक्लै भएकी थिइन।

 परिवेश:

उपन्यास अमेरिकाका विभिन्न ठाउँलाई परिवेश बनाएर लेखिएको छ। कोलोराडो, लसएन्जल्स,विनय र जमुना शंकरदेव क्याम्पसमा पढ्थे। विनय चाबहिलबाट बस चढ्थ्यो जमुना बानेश्वरबाट चढ्थिन्। नेपाल र अमेरिकालाई परिवेश बनाएर लेखिएका छन्। बिनाभिसा अमेरिकाबाट नेपालको कल्पनामा सयर गरिएको छ।

 उद्देश्य:

समय सधैं एकनास हुँदैन। मान्छेले सोचेका सबै कुरा पूरा हुँदैनन्। आज खुसीले बिताएका क्षण केही समयपछि नहुन सक्छ।

मृत्युको पछि लाग्न सकिन्न, समस्याको समाधान खोज्नुपर्छ। समस्यालाई जटिल बनाउनेतर्फ लाग्नु हुन्न। महामारीको चपेटामा परेको सबैलाई सहज जीवन जिउन उत्प्रेरित गरिएको छ। आज जे छ त्यसमा बाँकीको जीवनको बाटो खोजौं भन्ने उद्देश्यले लेखिएको छ।

निष्कर्ष:

क्वारेन्टाइन उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ। राजेश र जमुनालाई गुमाएपछि उनीहरू बिना बाँच्नुपर्छ भन्ने कुरा पार्वतीले गरेको निर्णय बोलेको छ। बसमा चढेका यात्रुलाई धेरै समस्या भएको थियो। बस हल्लिए पनि उनीहरू हल्लिन्थे। बसको डन्डी समाउन झुसिल्कीरा समाए जस्तो डराउने। मान्छे देखेर मान्छे डराएका थिए।

मनको अन्तरद्वन्द्वले बाँच्न सकिन्न। कठिनाइलाई भोग्दै अगाडि बढनु नै जीवनको जित हो। सम्वेदना कहाँ र कहिले लिने र दिने भन्ने कुराको सुन्दर रूपमा प्रस्तुत गरिएको छ भन्दै साहित्यकार पदम विश्वकर्माको सफल साहित्य यात्राको हार्दिक शुभकामना!

प्रकाशित: २९ चैत्र २०७९ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App