२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

मुलाको अचार

लघुकथा

राजन ग्याल्दाङ घले

जुनेली उजेली निवास पाहुना खान पुगेकी थिई। उनलाई ट्वाक्क परेको स्वादिलो मुलाको अचारले आकर्षित भइन् र सोधिहालिन्,‘ओई उजेली, यो मुलाको अचार कत्ति मिठो! कहाँबाट किनेको?’

उजेलीले जुनेलीलाई सोधिन्,‘यो पसलको होइन। मैले आफैं बनाएको। मलाई फुर्क्याको हो कि साँच्चिकै मिठो लाग्या हो?’ 

म झुटो बोल्छु होला त! लु मलाई पनि बनाउने तरीका भन्दिनु। कतै म पनि पास पो भइहाल्छु कि!’ जुनेलीले उजेलीलाई बनाउने विधि सिकाइदिन अनुरोध गरिन्।

उजेलीले बिस्तार लगाइन् ,‘मुलालाई ५ देखि ७ सेन्टिमिटर लम्बाइ र १ सेमि चौडाइ गरी काट्ने। उपलब्ध भए र पिठो मन परे लसुन अनि हरियो खोर्सानीलाई दुईतीन फक्ल्याँटा बनाई मुलासँगै घाममा सुकाउने। चारपाँच दिन सुकाएको मुलालाई सुक्खा भाँडामा खन्याउने र आवश्यकता अनुसार बेसार,जिरा,धनियाको धुलो, स्वाद अनुसारको नुन, कुटेको तोरी अनि तताएको आर्गनिक तोरीको तेल हालेर मोलेर हावा नपस्ने गरी प्लास्टिक वा सिसाको डब्बामा खाँदेर १०/१५ दिनसम्म सुकाएपछि तय हुन्छ।’

‘उजेली, अचार बनाउने विधि र स्वादिष्ठ भोजनका  लागि आभारी छु। जुनेलीले कृतज्ञ व्यक्त गरी स्वकीय निवास फर्किन्।’

झन्डै तीन महिनापछि उजेली भान्साका लागि समान खरिद गर्न होलसेल पसलमा पुगेकी थिइन्। आफ्नो सामान खोज्दै थिई। अचानक मुलाको अचार देखेर जुनेली दङ्ग परिन्।

प्रकाशित: ६ फाल्गुन २०७९ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App